मकवानपुर। भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटना स्थलबाट थप ३ शव फेला परेको छ । घटनास्थलमा थप ३ शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ५ जना महिला तथा बालबालिका र ९ जना पुरुष रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )