Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाः मृतकको संख्या ११ पुग्यो

Ekantipur •
November 12, 2026 • 09:31 AM
1
1 reads 0 reactions

काठमाडौं–हेटौंडा सडकमा माइक्रोबस दुर्घटना हुँदा तीन महिला, दुई बालिका र ६ पुरुषको मृत्यु भएको छ। घटनामा ६ जना घाइते, दुई डिस्चार्ज, तीन जना अझै हराइरहेको घाइते र पीडितको दाबी छ।

भीमफेदी दुर्घटनाः मृतकको संख्या ११ पुग्यो

काठमाडौं–हेटौंडा सडकमा माइक्रोबस दुर्घटना हुँदा तीन महिला, दुई बालिका र ६ पुरुषको मृत्यु भएको छ। घटनामा ६ जना घाइते, दुई डिस्चार्ज, तीन जना अझै हराइरहेको घाइते र पीडितको दाबी छ।

हेटौंडा — भीमफेदी–कुलेखानी–काठमाडौं सडकको भीमफेदी गाउँपालिका—६ चिसापानी गढीमा भएको विद्युतीय माइक्रोबस (इभी) दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मृत्यु हुनेमा तीन महिला, दुई बालिका र ६ जना पुरुष रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये गाडी चालकसहित दुई जनाको पहिचान खुलेको छ । अरु नौ जनाको पहिचान खुल्न सकेको छैन । चार जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको छ भने सात शव केहीबेरअघि चिसापानी गढीको सडकमा निकालिएको छ । ती शव हेटौंडा अस्पतालमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एसपी श्याम खत्रीले बताए । ‘सिस्नोघारी, भीर र झाडी भएकाले घाइतेको उद्धार र भेटिएका शव सडकमा निकाल्न नै कठिनाई भयो,’ उनले भने ।

दुर्घटनाका ६ जना घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । दुई जना डिस्चार्ज भइसकेका छन् । तीन बालबालिकासहित चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मुकेश यादव र मृुतकका आफन्तहरुले गाडीमा बालबालिकासहित २० जना रहेको बताएका छन्  । तर अहिलेसम्म मृतक र घाइते गरेर १७ जनामात्र फेला परेका छन् ।

बिहीबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीयवासीसहित गरेर सय जना भन्दाबढी घाइतेको खोजी र उद्धार गरिरहेका छन् । सुरक्षाकर्मीले अझै पनि खोजी गरिरहेका छन् । ‘भिरालो झाडीसहितको भीर भएकाले  खोजी गर्न कठिनाई भइरहेको छ । खोजी गर्दा आफैं भीरबाट खसिएला भन्न डर छ,’ एक सुरक्षाकर्मीले भने ।

मृतकका आफन्त पनि घटनास्थलमा पुगेका छन् । उनीहरुको पनि गाडीमा २० जना रहेको दाबी गरेका छन् । उक्त माइक्रोमा बिहान ४ बजे फर्पिङ प्रहरी चौकीमा ११ जनामात्र यात्रु रहेको चालकले टिपाएका छन् । ‘साना बालबालिकाको संख्या नटिपाएको हुनसक्छ । यसले यात्रुको संख्या नै एकिन हुन सकेको छैन,’ एसपी खत्रीले भने। उनी आफैं घटनास्थल पुगेर खोजी र उद्धारमा खटिएका छन् ।

मृतकहरु सर्लाही चक्रघट्टा गाउँपालिका—४ सुन्दरपुर टोलका रहेका छन् । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३—००१ ज ०८८० विद्युतीय माइक्रो बिहान पौने ६ बजेतिर चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेको हो । घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट आठ किलोमिटर उत्तरमा पर्छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
22h ago
भीमफेदी दुर्घटनाका मृतकको शव बुझ्न अस्वीकार [तस्बिरहरू]

भीमफेदी दुर्घटनाका मृतकको शव बुझ्न अस्वीकार [तस्बिरहरू]

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्त हेटौंडा अस्पतालमा पुगेका छन् । मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व...

#दुर्घटना #हेटौंडा #भीमफेदी
Compare →
Nagarik News
10h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते #भीमफेदी
Compare →
Onlinekhabar
1h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #दुर्घटना #भीमफेदी
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2611