Trending
Prev Story
Next Story

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

Onlinekhabar •
November 11, 2026 • 06:30 AM
1
1 reads 0 reactions

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित …

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् ।

सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उँबुबाट रातारात बालुङमारी पुगेका आफन्तले शवको पहिचान गरेको मानेभञ्ज्याङ गाउँपालिका कांग्रेस सभापति हुकुमसिं राईले बताए ।

प्रख्यातको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली तथा हर्कपुरस्थित मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेसको टोली परिचालन गरिएको थियो । तर, उनीहरूको खोजी गरिएको क्षेत्रभन्दा तल्लो भागमा शव फेला परेको हो ।

मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा जाने भन्दै प्रख्यात कात्तिक ४ गते राति साढे ९ बजे घरबाट निस्किएका थिए । तर, उनी कार्यक्रममा नपुगेको स्थानीयले बताएका छन् ।

बाहुनीडाँडाकी एक युवतीलाई भेट्न जयरामको पुरानो झोलुङ्गे पुलमा पुगेको खुलेको उनका बुवा प्रकाशहरी क्याम्पा राईले बताए । उनका अनुसार प्रख्यातले पुलमा पुगेर भेट्नका लागि अर्की युवतीलाई मेसेजमार्फत खबर पठाएका थिए । राति १ बजेर ४३ मिनेटसम्म मेसेन्जरमा सन्देश पठाएको देखिएको र त्यसपछि उनी सम्पर्कविहीन बनेको बुवा राईले बताए ।

मानेभञ्ज्याङ गाउँपालिका–६ र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोसीस्थित जयराम आसपासबाट उनी सम्पर्कविहीन भएका थिए ।

आफन्तले घटनालाई शंकास्पद मान्दै आएका छन् । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । शव ओखलढुंगा लगेर पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
हेटौंडामा प्रहरी सहायक हवलदार मृत फेला

हेटौंडामा प्रहरी सहायक हवलदार मृत फेला

हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ...

#फेला #मृत
Compare →
Nagarik News
15h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#फेला #बेपत्ता
Compare →

Related Stories

World News
Build #2612