२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ ।
काठमाडौँ — २०४० सालमा पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणका लागि कागजी काम सबै सकिएका छन् । स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको छैन । यसै त अघि बढ्न नसकेको यो आयोजनामा असोज २५ गते आएको बाढीले अन्योल झन् थपिदिएको छ ।
कान्तिपुर टेलिभिजनकर्मी सुदिल पोखरेलको भिडियो रिपोर्ट ।