Trending
Prev Story
Next Story

नयाँ कपडा किन्ने सोखले बढाउँदै छ कपडाजन्य फोहोर

Ekantipur •
October 10, 2026 • 05:23 PM
1
1 reads 0 reactions

उपत्यकामा मात्रै दैनिक १५० टन कपडाजन्य फोहोर बञ्चरेडाँडामा विसर्जन हुने गरेको छ ।

नयाँ कपडा किन्ने सोखले बढाउँदै छ कपडाजन्य फोहोर

उपत्यकामा मात्रै दैनिक १५० टन कपडाजन्य फोहोर बञ्चरेडाँडामा विसर्जन हुने गरेको छ ।

काठमाडौँ — यतिबेला नयाँ कपडा नकिन्ने को होला र ? त्यसै पनि दसैंमा नयाँ कपडा लगाउने चलन नै छ। तर हामीले नयाँनयाँ कपडा किनिरहने शैलीका कारण वातावरणीय प्रदूषण बढाइरहेका त छैनौं ?

काठमाडौं महानगरपालिकाले गत असारयता तीन महिना लगाएर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अध्ययन गरेको थियो। जसबाट कुल फोहोरमध्ये कपडाजन्य फोहोरको हिस्सा मात्रै १०.८० प्रतिशत छ। यो अध्ययनले उपत्यकाबाट दैनिक उत्सर्जन हुने करिब १४ सय टन फोहोरमध्ये १० प्रतिशत अर्थात् लगभग १ सय ५० टन कपडा मात्रै बञ्चरेडाँडामा विसर्जन हुने गरेको देखाउँछ।

महानगरपालिकाका अनुसार बञ्चरेडाँडा ल्यान्डफिल साइटमा जाने काठमाडौं महानगरपालिकासहित २१ नगरपालिकाको फोहोरमा दैनिक १५ ट्रक त कपडाजन्य फोहोर नै हुन्छ।

हरेक पर्वमा नयाँ कपडा फेर्ने अनि नयाँनयाँ कपडा लगाइरहने हाम्रो सोखले वातावरणमा कपडाजन्य फोहोरको मात्रा बढाइरहेको देखिन्छ। त्यसो त यो नयाँ प्रवृत्ति भने होइन। तर कपडाजन्य फोहोरको हिस्सा बढ्दै जानु भने चिन्ताजनक कुरा हो।

एसियाली विकास बैंकले सन् २०१३ मा देशका ५८ वटा नगरपालिकामा गरेको अध्ययनमा कुल फोहोरमा कपडाको मात्रा २ प्रतिशत मात्रै थियो। उसबेला देशभर दैनिक २८ देखि ३० टन कपडाजन्य फोहोर निस्कने गरेकोमा अहिले उपत्यकामा मात्रै त्यसको पाँच गुनाभन्दा बढी फोहोर उत्सर्जन भइरहेको छ।

समग्र नेपालको तथ्यांक हेर्दा दैनिक उत्पादन हुने ४ हजारदेखि ५ हजार टन फोहोरमध्ये करिब ४ सयदेखि ५ सय टन कपडाजन्य फोहोर देशभरका सहरहरूबाट उत्पादन भइरहेको डोको रिसाइक्लर्सका कार्यकारी अधिकृत पंकज पन्जियारको अनुमान छ ।

कपडाजन्य फोहोरको मात्रा कसरी बढिरहेको छ ?

कीर्तिपुरकी आशा अधिकारीको अनुभव सुनौं। उनी लुगा किन्दा दुईतीन पटकसम्म लगाउन मिल्ने, किफायती र देख्दा राम्रो देखिने खालका कपडा रोज्छिन्। उनले भनिन्, ‘त्यसपछि बजारमा नयाँ ट्रेन्ड आउँछ अनि हामी नयाँ ट्रेन्डतिर लाग्छौं।’

जनकपुरका अभिनाशकुमार ठाकुरको पनि यस्तै अनुभव छ। उनी पनि धेरै महँगा कपडाभन्दा सस्तो मूल्यका र फेरिफेरि कपडा किन्न रुचाउँछन्। उपभोक्ताको यस्तै बानीले कपडाजन्य फोहोरको मात्रा बढिरहेको छ।

ललितपुरका कपडा व्यापारी प्रदीप कार्कीले आफूकहाँ आउने ग्राहकको अनुभव सुनाए। उनले ग्राहकहरू १५ सय पर्ने राम्रो क्वालिटीको एउटा लुगाभन्दा १५ सयमा तीनवटा लुगा किन्न खोज्ने बताए। यस्तै अनुभव सुन्धाराकी अर्की व्यापारी उमा श्रेष्ठको पनि छ। उनले पनि ग्राहकहरू सस्तासस्ता कपडा किनेर नयाँनयाँ फेरिरहन रुचाउने गरेको बताइन्।

फास्ट फेसनको यही बढ्दो प्रभावका कारण नेपालमा कपडाजन्य फोहोरको अवस्था भयावह बन्दै गएको छ। प्रयोग भइसकेका कपडाहरू पहिलेजस्तो पुनः प्रयोग गर्ने चलन हराएसँगै सहरी क्षेत्रका ल्यान्डफिल साइटहरूमा यस्ता फोहोरको चाप तीव्र रूपमा बढ्दै गएको छ। फोहोर संकलनको काम गर्ने श्रमिक जितबहादुरले उपत्यकाबाट ठूलो परिमाणमा कपडाजन्य फोहोर निस्कने गरेको बताए। उनले सुनाए, ‘हाम्रो त फाल्ने र ल्याउने काम मात्रै हो, ओढ्ने-ओछ्याउनेदेखि लगाउने कपडाहरू बोराका बोरा आउँछन्।’

काठमाडौंको फोहोर संकलन र प्रशोधनको काम गर्ने निजी कम्पनी डोको रिसाइक्लर्सका कार्यकारी अधिकृत पन्जियार उपत्यकाबाट दैनिक १५० टन अर्थात् १५ ट्रक कपडा बञ्चरेडाँडामा फालिने अवस्थालाई निकै भयावह मान्छन्। उनले देशभरका सहरमा कुल फोहोरको ८ देखि १० प्रतिशत कपडाजन्य फोहोर नै हुने अनुमान सुनाउँदै नेपालभर दैनिक ५ सय टनसम्म कपडा फोहोरका रूपमा फालिने गरेको बताए।

बढ्दो कपडाजन्य फोहोर वातावरणीय प्रदूषणसँग मात्र होइन आर्थिक विषयसँग पनि जोडिन्छ। नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले फोहोर भइसकेका कपडाबाट पुनः धागो र नयाँ कपडा बनाउनका लागि देशमा निश्चित पूर्वाधार र प्रविधिको आवश्यकता पर्ने बताउँदै यसमा काम गर्नुपर्ने बताए। कपडाजन्य फोहोर संकलन गरी उच्च प्रविधियुक्त रिसाइक्लिङ प्लान्ट स्थापना गर्न लगभग ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उनको भनाइ छ । ‘रिसाइकल गरिएको फाइबरबाट धागो उत्पादन गर्ने हो भने नेपालमा बन्ने कपडाका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयात झन्डै ५० प्रतिशतले घटाउन सकिन्छ,’ उनको विश्लेषण छ ।

नेपालमा कपडाजन्य फोहोर वा यसको रिसाइक्लिङलाई नै लक्षित गरेर कुनै स्पष्ट कानुन बनाइएको छैन। फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले सामान्य घरायसी फोहोर संकलन र स्रोतमै वर्गीकरण गर्ने दायित्व स्थानीय तहलाई दिए पनि कपडाजन्य फोहोरलाई वर्गीकरण गरेको छैन।

कृपाल गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3w ago
फोहोर संकलन र पुनर्प्रयोगमा जोडिँदै निजी क्षेत्र

फोहोर संकलन र पुनर्प्रयोगमा जोडिँदै निजी क्षेत्र

१३ कात्तिक, काठमाडौं । फोहोर संकलन र पुनर्प्रयोगमा निजी क्षेत्र जोडिँदै छ । यसका निम्ति सरकारले कानुन नै बनाएर व्यवस्थित गर्न लागेको छ । पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गरेको फोहरमैला व्यवस्थापन …

#फोहोर
Compare →
Nagarik News
4w ago
२२ अर्ब विद्युतीय उपकरणको फोहोर व्यवस्थापन चुनौती

२२ अर्ब विद्युतीय उपकरणको फोहोर व्यवस्थापन चुनौती

विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै उत्पन्न फोहोरको व्यवस्थापन, पुनःप्रयोग र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरको खोजीमा गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाइ छ।

#फोहोर
Compare →
Hamro Patro News
1w ago
विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा ...

#फोहोर
Compare →
Arthasansar
17h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#कपडा
Compare →

Related Stories

World News
Build #2611