Trending
Prev Story
Next Story

जीवन बीमाको व्यवसाय : साढे १५ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

Arthasansar •
October 12, 2026 • 03:11 PM
1
1 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को २ महिनामै जीवन बीमा कम्पनीहरूले ४० अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।...

जीवन बीमाको व्यवसाय : साढे १५ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को २ महिनामै जीवन बीमा कम्पनीहरूले ४० अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउन र भदौमा कुल ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका हुन् ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । गत वर्षको तुलनामा यस वर्षको समीक्षा अवधिमा जीवन बीमा व्यवसाय १५.०१ प्रतिशतले बढेको छ । कुल बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको साउन र भदौमा १० अर्ब ५८ करोड आठ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले नौ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो । यससँगै कम्पनीको बीमाशुल्क आर्जन ९.२७ प्रतिशतले बढेको छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ सङ्कलन गरेको थियो । यसअनुसार कम्पनीको व्यवसाय २१.९९ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अवधिमा ८.१९ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ३ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ,  हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब ५९ करोड १९ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ४६ करोड ६८ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले एक अर्ब ८२ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ६९ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ५० करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको व्यवसाय यस वर्ष १३.२१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा उच्च वृद्धिदर हासिल गरेको छ । कम्पनीले १ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब ८ करोड ५८ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको व्यवसाय ३७.०९ प्रतिशतले बढेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले ७७ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा ६० करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको बीमाशुल्क आर्जन २८.१२ प्रतिशतले वृद्धि भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
20h ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#बीमा #जीवन
Compare →
Bizshala
14h ago
जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति अझै बढ्दो देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४...

#जीवन #बीमा
Compare →
Onlinekhabar
2d ago
६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

२५ कात्तिक, बुटवल । २०७६ सालमा बुटवल मिलनचोकमा शैक्षिक, खेलकुद र स्कुल–कलेजका पोसाक सहित सामग्री एउटै छानामुनि पाइने गरी ‘डेल्टा एजुकेसनल मार्ट’ स्थापना भयो । मार्ट परिकल्पनाकार र नेतृत्वकर्ता थिए ३७ वर्षीय प्रकाश भुसाल । उनले …

#व्यवसाय
Compare →
Hamro Patro News
3d ago
सफल हुन उमेरले रोक्दैन! जीवनमा नयाँ सुरुवात गर्न कहिल्यै ढिलो हुँदैन

सफल हुन उमेरले रोक्दैन! जीवनमा नयाँ सुरुवात गर्न कहिल्यै ढिलो हुँदैन

काठमाडौं। धेरै मानिस आफ्नो सपना पूरा गर्न चाहन्छन्। तर उमेर बढ्दै गएपछि वा परिस्थितिले साथ नदिँदा उनीहरू नयाँ काम सुरु गर्न डराउँछन्। वास्तवमा सफलता हासिल गर्न कुनै निश्चित उमेर हुँदैन। संसारमा धे...

#जीवन
Compare →
Nagarik News
15h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन्।

#व्यवसाय
Compare →

Related Stories

National (Nepal)
Build #2612