Trending
Prev Story
Next Story

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

Nagarik News •
November 13, 2026 • 07:37 AM
1
1 reads 0 reactions

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन्।

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन्।

गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ।

“पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो।” होटल व्यवसायी मोहन बहादुर सिंहले भने, “स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ। हिंडडुल पूर्ण रूपमा बन्द हुँदा व्यापार व्यवसाय धरायासी बन्यो।”

पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुल निर्माणमा २० करोड रुपैयाँ लागत लाग्नुका साथै पुल निर्माण सक्न एक वर्ष लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ।

“दसैँतिहारका बेला यहाँ पर्यटकको आवागमन धेरै हुँदा हाम्रो पनि वर्षभरिको कमाइ यही बेला हुन्थ्यो”, सिंहले भने, “अझै  चार लेनको पुल हुँदै झोलुङ्गे पुल हेर्न आउँछन् तर हेर्ने वातावरण तयार भएको छैन।”

उनले दूरीका हिसाबले छोटो पर्ने भएकाले दुई पाङ्ग्रे सवारीसाधन र दोधारा चाँदनीका स्थानीय पैदलयात्रा झोलुङ्गे पुलबाट गर्ने गरेका थिए।

“महाकाली नदीमा पानी घटिसक्यो। अब त सरकारले पुल बनाउन थालनी गरिदिए हुन्थ्यो”, सिंहले भने, “पुल नबन्दासम्म वारिपारिका व्यवसायी निरास छन्। दैनिक आठ/दश हजार रुपैयाँ कमाइ हुन्थ्यो। अहिले त ठप्प भयो।”

त्यसैगरी यहाँको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले चाडपर्वका बेला भरिभराउ हुने झोलुङ्गे पुल यो पटक भने सुनसान रहेको बताए  “दसैँ तिहारका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक यहाँ अवलोकनका लागि आउँथे।”

वडाध्यक्ष बोहराले भने, “हिउँदका बेला शैक्षिक भ्रमणले यो क्षेत्रको व्यापार व्यवसाय राम्रै हुन्थ्यो।” पुल बन्द अवस्थामा रहँदा यसको प्रभाव धेरैतिर परेको छ।”

उनले पुल पुनर्निर्माणका लागि तत्काल पहल हुनुपर्नेमा जोड दिए। “पुल भत्किएका बेला अवस्था बुझ्न जनप्रतिनिधिदेखि राजनीतिज्ञसम्म यहाँ आउनुभयो।”

बोहराले भने, “तर स्थलगत रूपमा पुल पुनर्निर्माणको कुनै सुरसार देखिएको छैन।”

पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ।

यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पुल पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने बताउँछन्। उनले दोधारा चाँदनी पुल आवागमन सहजताका लागि मात्रै नभएर कञ्चनपुरको पर्यटकीयस्थलका रुपमा परिचित रहेको बताए।

“पुल समयमा नबने यहाँ पर्यटक आवागमनसमेत घट्ने अवस्था छ”, अध्यक्ष मल्लले भने, “पर्यटन प्रवर्द्धनका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ।”

प्रकाशित: २७ कार्तिक २०८३ १३:२२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
9h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल #दोधारा #चाँदनी
Compare →
Ekantipur
9h ago
दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलमा क्षति पुगेपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घट्दै गएको छ ।

#पुल #दोधारा #चाँदनी
Compare →
Hamro Patro News
13h ago
मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पुल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्...

#पुल #झोलुङ्गे
Compare →
Bizshala
10h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#होटल
Compare →
Arthasansar
10h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#होटल
Compare →

Related Stories

Business & Economy
Build #2611