Trending
Prev Story
Next Story

खोटाङमा ६४७ चेलीलाई निःशुल्क बाइक सेवा

Ekantipur •
October 23, 2026 • 03:30 PM
1
1 reads 0 reactions

दसैंको अवसरमा आर्थिक अभावले माइती जान नसक्ने चेलीलाई लक्षित गरी चार दिन सञ्चालन गरिएको अभियानमार्फत निःशुल्क यातायात सेवा दिइएको हो ।

खोटाङमा ६४७ चेलीलाई निःशुल्क बाइक सेवा

दसैंको अवसरमा आर्थिक अभावले माइती जान नसक्ने चेलीलाई लक्षित गरी चार दिन सञ्चालन गरिएको अभियानमार्फत निःशुल्क यातायात सेवा दिइएको हो ।

खोटाङ — खोटाङमा सञ्चालित ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानमा ६ सय ४७ जना चेलीले निःशुल्क बाइक सेवा पाएका छन् । अभावमा गुज्रिरहेका चेलीहरूलाई लक्षित गरी दसैंको अवसरमा शुक्रबारसम्म चार दिन सञ्चालन गरिएको अभियानमा ६ सय ४७ जना चेलीलाई मोटरसाइकलबाट निःशुल्क यातायात सेवा उपलब्ध गराइएको हो ।

अभियानका सचिवालय प्रमुख निराजन ढकालका अनुसार अभियानको अन्तिम दिन दुई सय ३० जना, तेस्रो दिन दुई सय ५२ जना, दोस्रो दिन एक सय १० जना र पहिलो दिन ५० जना चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

तिहारको अवसरमा पनि कात्तिक २४ गतेदेखि २६ गतेसम्म तीन दिन सेवा दिइने अभियानका संयोजक सञ्जयकुमार राईले सुनाए । आर्थिक अभावले माइतीसम्म जान नसक्ने चेलीहरूलाई निःशुल्क रूपमा सेवा दिइएको राईले जनाए । ‘चाडबाडमा आर्थिक अभावले माइतीसम्म जान नसक्ने चेलीहरूलाई निःशुल्क बाइक सेवा उपलब्ध गराइएको हो,’ राईले भने, ‘यसका साथै सिर्जनशील काममा युवाहरूलाई क्रियाशील गराउनका लागि पनि यो अभियान सञ्चालन गर्दै आएका छौँ ।’

यो अभियान तीन वर्षदेखि सञ्चालन गरिँदै आएको छ । गत वर्ष ७ सय ५० जना र अघिल्लो वर्ष ५ सय जना चेलीले सेवा पाएको राईको भनाइ छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो । कार्तिक २६, २०८३ डम्बरसिं राई खोटाङ — तिहारको अवसरमा सञ्चालित ‘दसैं...

#चेली #निःशुल्क #खोटाङ
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#निःशुल्क
Compare →
Nagarik News
2d ago
भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

#निःशुल्क
Compare →
Onlinekhabar
2d ago
भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

२५ कात्तिक, काठमाडौं । तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज …

#निःशुल्क
Compare →

Related Stories

National (Nepal)
Build #2611