Trending
Prev Story
Next Story

सौराहामा पर्यटकको चहलपहल बढ्यो [तस्बिरहरू]

Ekantipur •
October 23, 2026 • 03:30 PM
1
1 reads 0 reactions

दसैंको टीकापछि आन्तरिक र बाह्य पर्यटक बढेसँगै सौराहाका होटल तथा रेस्टुरेन्टमा अकुपेन्सी ७५ प्रतिशत पुगेको पर्यटन व्यवसायीले बताएका छन् ।

सौराहामा पर्यटकको चहलपहल बढ्यो [तस्बिरहरू]

दसैंको टीकापछि आन्तरिक र बाह्य पर्यटक बढेसँगै सौराहाका होटल तथा रेस्टुरेन्टमा अकुपेन्सी ७५ प्रतिशत पुगेको पर्यटन व्यवसायीले बताएका छन् ।

दसैंअघि सौराहाको बाघमारास्थित डुंगाघाटमा पर्यटक सुनसान थिए । शुक्रबार अपराह्न पुग्दा अवस्था ठीक उल्टो थियो । आन्तरिक तथा बाह्य पर्यटक डुंगा सयर गर्न पालो कुर्दै थिए । बुटवलकी बन्दना ढुंगाना डुंगा सयर गर्न परिवारसहित पुगेकी थिइन् । उनीजस्तै थुप्रै आन्तरिक पर्यटक डुंगा सयर गर्न पुगेका थिए ।

पर्यटकीय नगरी सौराहामा दसैंपछि पर्यटकको चहलपहल बढेको छ । दसैंको टीकापछि सौराहा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन् । ‘बिहीबारदेखि पर्यटक ओइरिएका छन् । आन्तरिक मात्रै होइन, विदेशी पर्यटकको उपस्थिति पनि राम्रो देखिन्छ,’ पर्यटन व्यवसायी सुमन घिमिरेले भने ।

सौराहामा अहिले हात्ती सफारी, डुंगा सयर, जिप सफारी र जंगल वाकका लागि पर्यटकको भीड लागेको छ । आगामी दिनमा पनि यस्तै पर्यटकको उपस्थिति रहनेमा पर्यटन व्यवसायी आशावादी छन् । पर्यटन व्यवसायीका अनुसार बिहीबारदेखि सौराहाका होटल तथा रेस्टुरेन्टमा ७५ प्रतिशत अकुपेन्सी छ । दसैंअघि यहाँ ५ देखि १० प्रतिशतको हाराहारीमा मात्रै अकुपेन्सी थियो । भोटेकोशी बाढीपछि करिब ८० प्रतिशत पर्यटकले होटल बुकिङ रद्द गरेपछि पर्यटन व्यवसायी निराश थिए । अहिले पर्यटकको चहलपहलले व्यवसायीलाई आशावादी बनाएको छ ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू] भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको ...

#पर्यटक #सौराहा #आन्तरिक
Compare →
Onlinekhabar
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#पर्यटक #चहलपहल
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक #चहलपहल
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Education & Youth
Build #2611