काठमाडौं- अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा नक्कली चुनावी सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गर्ने संस्थाको खुलासा भएपछि विश्वसनीयतामाथि प्रश्न उठेको छ। ‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ। उक्त संस्थाले नक्कली सर्वेक्षण कम्पनीले सार्वजनिक चर्चा पाउन र मानिसलाई विश्वास दिलाउन कति सजिलो हुन्छ भनी परीक्षण गर्न यस्तो गरेको दाबी गरेको थियो। हाल उक्त संस्थाको ‘एक्स’ खाता हटाइएको छ।
यो घटना सर्वेक्षणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने ‘फिफ्टीप्लसवन’ ले अनुसन्धान गर्ने क्रममा बाहिर आएको हो। ‘द न्युयोर्क टाइम्स’ लगायतका प्रमुख सञ्चारमाध्यमले वेजवुडका नक्कली नतिजालाई स्थान दिएका थिए। ‘द न्युयोर्क टाइम्स’ ले जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरिएका १५ वटा सर्वेक्षण आफ्नो डाटाबेसमा समावेश गरेको थियो, जुन अहिले हटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )