Trending
Prev Story
Next Story

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

६ कात्तिक, भियना । अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित …

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय

६ कात्तिक, भियना । अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ ।

अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रूसी दूतावासमा कार्यरत तीन कूटनीतिज्ञ आफ्नो कूटनीतिक हैसियतसँग असङ्गत गतिविधिमा सङ्लग्न थिए ।

त्यसैगरी, युरोपमा सुरक्षा तथा सहयोग सङ्गठन (ओएससीई) मा रहेको रूसी प्रतिनिधिमण्डलका एक सदस्य पनि यस्तै गतिविधिमा सङ्लग्न रहेको मन्त्रालयले जनाएको छ । ती चारै जनालाई अस्वीकृत व्यक्ति घोषणा गर्दै अस्ट्रियाको भू–भाग छाड्न निर्देशन दिइएको छ ।

भियनास्थित रूसी दूतावासले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त निर्णयको आलोचना गर्दै यसको उपयुक्त जवाफ दिइने चेतावनी दिएको छ ।

दूतावासले अस्ट्रियाले रुसविरोधी पश्चिमी नीतिलाई विचारहीन रूपमा पछ्याइरहेको आरोपसमेत लगाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपका विभिन्न देशले रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएका छन् । यससँगै पश्चिमी मुलुकहरूले रुसमाथि व्यापक आर्थिक तथा अन्य प्रतिबन्धहरू पनि लगाएका छन् ।

यसै वर्ष सेप्टेम्बरमा हङ्गेरीले प्रधानमन्त्री पिटर मग्यारको नेतृत्वमा रूसी कूटनीतिक नियोगका १० सदस्यलाई देशबाट निष्कासन गरेको थियो । हङ्गेरीले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न उक्त कदम चालिएको जनाएको थियो ।

अस्ट्रियाले पनि सन् २०२२ यता पटक–पटक रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएको छ । यद्यपि, अन्य केही युरोपेली देशको तुलनामा त्यहाँ निष्कासन गरिएका कूटनीतिज्ञको सङ्ख्या कम रहेको छ ।

अस्ट्रिया युरोपेली सङ्घको सदस्य भए पनि सैन्य रूपमा तटस्थ राष्ट्र हो र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्य होइन । देशको तुलनात्मक रूपमा कमजोर जासुसीसम्बन्धी कानुनी व्यवस्थाका कारण भियनालाई रूसी गुप्तचर गतिविधिको प्रमुख केन्द्रका रूपमा समेत चित्रण गरिँदै आएको छ । रासस/एएफपी

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3w ago
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित

काठमाडौं- अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्...

#रूसी #कूटनीतिज्ञ #अस्ट्रिया
Compare →
Nagarik News
2w ago
ट्रम्प-पुटिन सम्झौतापछि तीन लाख ब्यारेल डिजेल बोकेर अमेरिकातर्फ लाग्यो रूसी ट्यांकर, कहिले पुग्छ ?

ट्रम्प-पुटिन सम्झौतापछि तीन लाख ब्यारेल डिजेल बोकेर अमेरिकातर्फ लाग्यो रूसी ट्यांकर, कहिले पुग्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको सम्झौतापछि रूसी डिजेल बोकेको ट्यांकर अमेरिकातर्फ अघि बढेको छ।

#रूसी
Compare →
Setopati
1w ago
ट्रम्पको दबाब बेवास्ता गर्दै युक्रेनले फेरि थाल्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

ट्रम्पको दबाब बेवास्ता गर्दै युक्रेनले फेरि थाल्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

अमेरिकामा संसदीय निर्वाचन नजिकिँदै गर्दा ट्रम्प सरकारले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्न युक्रेनमाथि दबाब दिइरहेको थियो।

#रूसी
Compare →

Related Stories

World News
Build #2611