Trending
Prev Story
Next Story

‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई लिएर विभिन्न थरीका अड्कलबाजी हुँदै आएका छन् । यसले उनका प्रशंसकमा अन्योल सिर्जना गरेको छ । सुशान्तको निधन भएको लामो समय बितिसक्दा पनि उनको मृत्युको वास्तविक कारणबारे चासो …

‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई लिएर विभिन्न थरीका अड्कलबाजी हुँदै आएका छन् । यसले उनका प्रशंसकमा अन्योल सिर्जना गरेको छ । सुशान्तको निधन भएको लामो समय बितिसक्दा पनि उनको मृत्युको वास्तविक कारणबारे चासो कायमै छ। यसैबीच बलिउड अभिनेत्री स्मिता जयकरले यस विषयमा नयाँ खुलासा गरेकी छन् ।

उनले आफूसँग भेट हुँदा सुशान्त डिप्रेसनबाट पीडित रहेको र मुम्बईको प्रतिष्ठित अस्पतालमा उपचार गराइरहेको बताएकी छन् । सुशान्तलाई भेट्न जाँदा उनले आफूसँग खुलेर कुराकानी गरेको पनि स्मिताले खुलासा गरेकी छन् ।

अभिनेत्री स्मिता जयकरका अनुसार उनले सुशान्त सिंह राजपुतलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भेटेकी थिइन् । सुशान्तलाई सहयोग गर्न रिया चक्रवर्तीले आफूसँग सम्पर्क गरेको उनले बताएकी छन् ।

सिद्धार्थ कन्ननसँगको पोडकास्टमा स्मिताले आफूले सुशान्तलाई निको हुन सहयोग गर्ने उद्देश्यले उपचारात्मक सत्रसमेत दिएको बताइन् । त्यतिबेला सुशान्त डिप्रेसनबाट गुज्रिरहेका थिए ।

भनेकी छिन्, ‘सुशान्तलाई आत्महत्याका विचारहरू आउँथे । म उनलाई भेट्दा उनी हिन्दुजा अस्पतालमा डिप्रेसनको उपचार गराइरहेका थिए । मैले उनलाई सहयोग गर्ने प्रयास गरेँ । उनले मेरो आश्रममा आउने वाचा पनि गरेका थिए ।’

सुशान्त सिंह राजपुतलाई लिएर लागूऔषध सेवनसम्बन्धी विभिन्न चर्चा पनि हुँदै आएका छन् । स्मिता जयकरले यस विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनका अनुसार दिवंगत अभिनेतालाई भेट्दा उनी कुनै पनि लागूऔषधको प्रभावमा रहेको आफूलाई लागेको थिएन। उनी डिप्रेसनको औषधि भने सेवन गरिरहेका थिए । तर, लागूऔषधको लतमा परेको व्यक्तिजस्तो आफूलाई नलागेको स्मिताले बताएकी छन् ।

सुशान्त सिंह राजपुतको निधन सन् २०२० जुन १४ मा भएको थियो । उनको निधनपछि पनि प्रशंसकहरूले घटनाको वास्तविकताबारे चासो राख्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
तीन वर्षदेखि नक्कली स्न्यापच्याट एकाउन्टको हैरानीमा अभिनेत्री अदिती

तीन वर्षदेखि नक्कली स्न्यापच्याट एकाउन्टको हैरानीमा अभिनेत्री अदिती

काठमाडौँ । अभिनेत्री अदिती बुढाथोकी विगत तीन वर्षदेखि आफ्नो नाम र तस्बिर दुरुपयोग गरी खोलिएका नक्कली स्न्यापच्याट एकाउन्टबाट हैरान छिन् । आफ्नो पहिचान नक्कल गरेर नक्कली एकाउन्ट बनाउने र त्यसबाट वि...

#अभिनेत्री
Compare →
Nagarik News
3d ago
हरमित सिंह चम्किँदा सुदूरपश्चिम १२० रनमै रोकियो, जनकपुरलाई १२१ रनको सहज लक्ष्य

हरमित सिंह चम्किँदा सुदूरपश्चिम १२० रनमै रोकियो, जनकपुरलाई १२१ रनको सहज लक्ष्य

जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहको घातक बलिङसामु सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ।

#सिंह
Compare →
Bizshala
2w ago
फ्रीमांसको नेपाल ब्रान्ड एम्बेसडर बने क्रिकेटर दीपेन्द्र सिंह ऐरी

फ्रीमांसको नेपाल ब्रान्ड एम्बेसडर बने क्रिकेटर दीपेन्द्र सिंह ऐरी

काठमाण्डौ । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने कम्पनी फ्रीमांसले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई...

#सिंह
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611