Trending
Prev Story
Next Story

एक हप्तापछि खुल्यो बेनी–दरवाङ सडक

Nagarik News •
October 23, 2026 • 10:18 AM
1
1 reads 0 reactions

बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ।

एक हप्तापछि खुल्यो बेनी–दरवाङ सडक

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ।

बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो।

पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी काम छिटो गर्न खोजिए पनि पहिरो नरोकिएकाले सडक खुलाउन समय लागेको बताए।

‘दसैँको समयमा आवत–जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ’, उनले भने, ‘दसैँको चहलपहल सकिएपछि पहिलोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दो एवं जोखिमरहित  सडक निर्माण गर्ने योजना छ।’

कूल २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकखण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जाने र कार्यक्षेत्रमा फर्कनेलाई समस्या परेको अवस्थामा तत्कालका लागि सडक सञ्चालनमा ल्याइएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १६:०३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
बाढीले भत्काएको बेनी–दरवाङ सडक मर्मत सुरु

बाढीले भत्काएको बेनी–दरवाङ सडक मर्मत सुरु

म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्...

#दरवाङ #म्याग्दी
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पहिरो #खुल्यो
Compare →
Arthasansar
3d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो #खुल्यो
Compare →
Ekantipur
4d ago
खुल्यो पोखरा–बागलुङ सडक

खुल्यो पोखरा–बागलुङ सडक

आइतबार घट्टेखोलामा पहिरो खस्दा सडक अवरूद्ध बनेको थियो ।

#पहिरो #खुल्यो
Compare →
Onlinekhabar
4d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, खुल्यो पृथ्वीराजमार्ग

घोप्टेभीरको पहिरो पन्छाइयो, खुल्यो पृथ्वीराजमार्ग

२३ कात्तिक, काठमाडौं । सुक्खा पहिरो खसरे अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी …

#पहिरो #खुल्यो
Compare →

Related Stories

Technology
Build #2611