आइतबार घट्टेखोलामा पहिरो खस्दा सडक अवरूद्ध बनेको थियो ।
गण्डकी — कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारण र सवारीचालकलाई अनुरोध गरिएको उनको भनाइ छ । उक्त स्थानमा आइतबार पहिरो खस्दा सडक अवरूद्ध बनेको थियो ।