Trending
Prev Story
Next Story

तलेजुमा सर्वसाधारणले कुमारीको हातबाट टीका लगाए, देवगृहमा भित्र्याइयो तलेजु भवानी

Nagarik News •
October 21, 2026 • 01:20 PM
1
1 reads 0 reactions

विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधारणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।

तलेजुमा सर्वसाधारणले कुमारीको हातबाट टीका लगाए, देवगृहमा भित्र्याइयो तलेजु भवानी

विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधारणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।

विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचार्यले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन्।

त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्वमूल नाइके जोशीले बताए।

एकान्त कुमारी लुनिभाको हातबाट स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गरेपछि दुर्गा विसर्जनसहित तलेजु भवानीलाई दसैँघरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उनले जानकारी दिए। फूलपातीको दिन तलेजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो।

राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याएको जोशीले जानकारी दिए। भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रूपमा लगाउँदै आएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याएका हुन्। रासस

प्रकाशित: ४ कार्तिक २०८३ १९:०५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

बाँके, कात्तिक २६ गते । सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन् । दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला...

#टीका #लगाए
Compare →
Onlinekhabar
1d ago
रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको …

#सर्वसाधारण
Compare →
Ekantipur
2d ago
पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो ।

#टीका #लगाए
Compare →

Related Stories

National (Nepal)
Build #2611