काठमाडौं- पोखराको लेकसाइडमा आयोजित १९औँ भाइटीका महोत्सवमा १७ देशका ५१ भन्दा बढी विदेशी पर्यटकले नेपाली चेलीको हातबाट सप्तरङ्गी टीका लगाएका छन्। होटल सङ्घ पोखराको आयोजनामा बुधबार सम्पन्न उक्त महोत्सवमा बेलायत, अमेरिका, अस्ट्रेलिया, लिथुआनिया, बेल्जियम, जापान, रुस र चीन लगायतका देशका पर्यटक सहभागी भएका थिए।
महोत्सवमा स्थानीय रेन्बो चिल्ड्रेन होमका बालिकाहरूले विदेशी पाहुनाहरूलाई विधिपूर्वक सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाइदिएका थिए। पुरुष पर्यटकलाई ढाका टोपी र महिलालाई सल ओढाउँदै तिहारको विशेष मसला समेत प्रदान गरिएको थियो। टीका ग्रहण गरेपछि पर्यटकहरूले बालिकाहरूलाई दक्षिणा दिएका थिए। सो अवसरमा सेलरोटी र अचारसहितका नेपाली परिकारका साथै देउसी-भैलो कार्यक्रम समेत आयोजना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )