बाँके, कात्तिक २६ गते । सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन् । दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला लगाएर इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि बुधबार तिहार मनाएका हुन् ।
२० वर्षदेखि टीका लगाउँदै आउनुभएका समाजसेवी प्रवेज अली सिद्धिकीले बहिनी मीना तुलाधर र दिदी माया थापासँग टीका ग्रहण गर्नुभएको छ । एक अर्काको धर्मप्रति सम्मान गर्ने सोचको विकास गर्न टीका लगाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दसैंतिहार जस्ता पर्व मनाउँदा हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध अझ सुमधुर हुन्छ ।” तिहारमा हिन्दु समुदायजस्तै टीका माला लगाउँदा थप उत्साह र उमङ्ग छाउने गरेको मुस्लिम अगुवा सिद्धिकीको भनाइ छ ।
Read full story at source ( gorkhapatraonline.com )