जनता म्वासा भाषा म्वाई अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ४६ वर्ष अगाडिबाट नेपाल भाषा साहित्य त:मुंज्या कार्यक्रम हुँदै आएको छ ।
काठमाडौँ — भक्तपुरमा ४६ औं नेपालभाषा साहित्य तः मुज्या सुरु भएको छ। नेपालभाषा एवं साहित्यको संरक्षण र प्रवर्धनका लागि दुई दिन चल्ने तःमुंज्या भक्तपुरको गोलमढीस्थित याता टोलमा सुरु भएको हो।
जनता म्वासा भाषा म्वाई अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ४६ वर्ष अगाडिबाट नेपाल भाषा साहित्य त:मुंज्या कार्यक्रम हुँदै आएको छ ।
नेपालभाषा साहित्य सम्मेलन तः मुंज्यामा नेपाल भाषाका कथा, गीत, कविता, नाटक, विभिन्न प्रहसन र नृत्य प्रस्तुत गरिएका छन् । सम्मेलनमा सहभागी रचनामध्ये उत्कृष्ट हुने रचनालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ।
भक्तपुरमा आजै विराट नेपाल भाषा सम्मेलन गुठीले पनि नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गरेको छ । सम्मेलनले नेपाल भाषा सहित्यमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै नेपाल भाषा लगाएत विभिन्न भाषामा कविता गीत , गजल, प्रहसन तथा व्यंग्य प्रस्तुति गरिएको थियो ।
यस्तै आज भक्तपुरमा राममन्दिर स्थित तलेजु बैंक्वेटमा ६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा नेपाल भाषाका साहित्य, गीत कविता लगायत प्रस्तुत गरिएका थिए ।
सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।