Trending
Prev Story
Next Story

कुमाख कप भलिबलमा सुरु, २० टिम सहभागी

Ekantipur •
October 23, 2026 • 10:30 AM
1
1 reads 0 reactions

सल्यानको कुमाख लेकको प्रचारप्रसार र पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजित पाँचदिने प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

कुमाख कप भलिबलमा सुरु, २० टिम सहभागी

सल्यानको कुमाख लेकको प्रचारप्रसार र पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजित पाँचदिने प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

सल्यान — दसैंको कोजाग्रत पूर्णिमाका दिन सल्यानको कुमाखमा लाग्ने मेलाको अवसरमा कुमाख कप भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचान बोकेको कुमाख लेकको प्रचारप्रसार तथा युवाहरूको खेलप्रतिको आकर्षण बढाउन कुमाख कप भलिबल प्रतियोगिता सुरु गरिएको हो।

प्रतियोगिता लगातार पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सल्यान, रुकुम र रोल्पाका २० टिमले भाग लिएका छन्। धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचान बोकेको कुमाख लेकको प्रचारप्रसारका साथै प्रत्येक वर्ष स्थानीय मात्र नभई बाह्य पर्यटक भित्र्याउन भलिबल प्रतियोगिता सञ्चालन गरिएको खेल सञ्चालन समितिका अध्यक्ष खिम डिसीले बताए।

भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार भलिबल प्रतियोगिताका लागि स्थानीय पालिकालगायत अन्यले सहयोग गरेका छन्।

सल्यान जिल्लामा लाग्ने धार्मिक तथा सांस्कृतिक मेला/पर्वमा भलिबल खेल मुख्य आकर्षण बन्दै आएकाले यही खेल छनोट गरिएको उनले जानकारी दिए। गत वर्ष महिला भलिबल प्रतियोगितासमेत सञ्चालन गरिएको उनको भनाइ छ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट

१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट

१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट जिल्ला भलिबल संघ प्यूठानले भलिबल खेलाडी छनोट गरेको हो । कार्तिक २१, २०८३ शमशेरविक्रम जीसी काठमाडौँ — कर्णाली प्रदेशमा आयोज...

#भलिबल
Compare →

Related Stories

Sports
Build #2611