दसैं अवधिमा ट्राफिक प्रहरीले जाँचमा अझ कडाइ गरेको थियो । कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।
सल्यान — घटस्थापनादेखि शुक्रबारसम्म १२ दिनको अवधिमा मादक पदार्थ सेवन गरी र ट्राफिक नियम पालना नगरी सवारी चलाउने २ सय २३ सवारी चालक कारबाहीमा परेका छन् ।
सल्यानका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले मापसे गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको हो । ट्राफिक कार्यालय शीतलपाटी सल्यानका प्रमुख जयराम घर्तीका अनुसार मदिरा सेवन गरी सवारी चलाउने ४९ र ट्राफिक नियम पालना नगरी चलाउने १७४ रहेका छन् ।कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।
२२३ सवारी कारबाहीबाट २ लाख १८ हजार राजस्व सङ्कलन भएको उनले जानकारी गराए । उनका अनुसार दसैं अवधिमा ६ सवारी दुर्घटनामा परेर ९ घाइते भएका थिए ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।