Trending
Prev Story
Next Story

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions 4 comments

९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ …

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि

९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने रोयल्सको योजना छ।

ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ। बिहान ८:३० बजे बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरबाट साँफेबगरसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ।

मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी पुर्‍याइनेछ भने १० बजेदेखि १२ बजेसम्म शैलेश्वरी मन्दिरबाट दिपायल बजारसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्‍याली र साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिनेछ।

मंसिर १५ गते बैतडी र दार्चुलामा कार्यक्रम हुनेछ। बिहान ८:३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ भने ९:३० देखि ११:३० बजेसम्म गोठलापानीमा र्‍याली हुनेछ। मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८:३० बजे ट्रफी पुर्‍याइनेछ। त्यसपछि ९:३० देखि ११:३० बजेसम्म खलंगा बजारमा र्‍याली हुनेछ।

मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्‍याली आयोजना हुनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा दिउँसो १२:३० बजे ट्रफी पुर्‍याइने कार्यक्रम छ।

मंसिर १९ गते कैलालीको टीकापुर पार्कमा बिहान ८:३० बजे ट्रफी प्रदर्शन हुनेछ। त्यसपछि बिहान १० बजे चिसापानी, ११:३० बजे लम्की, १२:३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्‍याइनेछ। दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्‍याली हुनेछ।

ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म चौराहाबाट महोत्सव मैदानसम्म र्‍याली आयोजना हुनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन हुनेछ।

सुदूरपश्चिम रोयल्सले गत शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि जितेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
56m ago
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ देखि

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ देखि

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #ट्रफी
Compare →
Hamro Patro News
53m ago
सुदूरपश्चिममा एनपीएल ट्रफी टुर : मङ्सिर १३ देखि २० गतेसम्म कहाँ कहाँ पुग्छ ?

सुदूरपश्चिममा एनपीएल ट्रफी टुर : मङ्सिर १३ देखि २० गतेसम्म कहाँ कहाँ पुग्छ ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ‘च्याम्पियन्स ट्रफी टुर’ को विस्तृत तालिका सार्वजनिक भएको छ। मङ्सिर १३ देखि २० गतेसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा प्रमुख धार्मिक एवं पर्...

#एनपीएल #प्रिमियर-लिग #ट्रफी
Compare →
Ekantipur
2d ago
एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
6h ago
एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल उपहार

एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल उपहार

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर एन१६०...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
9h ago
सर्वसाधारणका लागि मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

सर्वसाधारणका लागि मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा...

#मंसिर #गते
Compare →

Related Stories

National (Nepal)
Build #2625