Trending
Prev Story
Next Story

एनपिएल चौथो संस्करण गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिन्छ ?

Hamro Patro News •
November 25, 2026 • 11:20 AM
7
7 reads 0 reactions

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ । रङ्गशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानक...

एनपिएल चौथो संस्करण गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिन्छ ?

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ । रङ्गशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानको काम अघि बढ्न सकेमा झण्डै एक वर्षपछि हुने एनपिएल खेल्न सकिने भएको हो ।

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ वटै क्लबका सञ्चालकसँग यस विषयमा छलफल अघि बढाएका छन् । छलफलमा सहभागी चितवन राइनोजका अध्यक्ष आयुस न्यौपानेले पूर्वाधार विकासमन्त्री अत्यन्तै सकारात्मक रहेकाले चौथो एनपिएल चितवनमा हुनेमा आफू आशावादी भएको जानकारी दिए । उनले भने, “मन्त्रीज्यूसँगको छलफलमा चितवन र मूलपानीमा समेत अर्को वर्ष खेल खेलाउन सकिने विषयमा छलफल भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
चौथो एनपीएल गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने

चौथो एनपीएल गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने

नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #रङ्गशाला
Compare →
Ekantipur
2d ago
एनपीएल तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी ढकाललाई हेटौंडा उपमहानगरपालिकाद्वारा एक लाख रुपैयाँसहित सम्मान

एनपीएल तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी ढकाललाई हेटौंडा उपमहानगरपालिकाद्वारा एक लाख रुपैयाँसहित सम्मान

हालै सम्पन्न नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा चितवन राईनोजका देव्रे हाते तीव्र गतिका बलर हेटौंडाका रिजन ढकाललाई हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँ सम्मानसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

#एनपीएल #प्रिमियर-लिग #संस्करण
Compare →
Bizshala
3d ago
एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा...

#एनपीएल #प्रिमियर-लिग #संस्करण
Compare →
Arthasansar
3d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2625