काठमाडौं। नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गर्दै अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ । हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित यस कलेक्सनमा १८ फरक डिजाइनका टायल्स समावेश छन् ।
‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार पारिएको यो कलेक्सनमार्फत नेपाली प्राकृतिक पहिचान र आधुनिक वास्तुकलालाई इन्टेरियर डिजाइनसँग जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ । ६०० × १२०० मिलिमिटर आकार र ग्लसी फिनिसमा उपलब्ध यी टायल्स घरका विभिन्न कोठा, होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको इन्टेरियरमा प्रयोग गर्न सकिनेछ ।
Read full story at source ( clickmandu.com )