Trending
Prev Story
Next Story

एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

Ekantipur •
November 23, 2026 • 06:32 AM
5
5 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।

एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।

काठमाडौँ — कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए । कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।

प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै चर्चामा रहे । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि जितेको हो । टोलीलाई च्याम्पियन बनाउने क्रममा ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिए ।

ऐरीले यस संस्करणमा १० खेल खेल्दै २१७ रन बनाए । बलिङतर्फ उनले सात विकेट लिए । कप्तानका रूपमा टोलीलाई उपाधि दिलाउनाका साथै व्यक्तिगत प्रदर्शनमा प्रभाव छाड्न सफल ऐरी यस संस्करणका सफल कप्तान बने ।

उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको नेतृत्व पनि कम महत्वपूर्ण रहेन । उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो । रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए । गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव जारी राखे ।

काठमाण्डु गोर्खाजका कप्तान करण केसीका लागि तेस्रो संस्करण सम्झनलायक रह्यो । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो । व्यक्तिगत प्रदर्शनमा करणले आठ खेलमा १० विकेट लिए भने ब्याटिङबाट ९० रन जोडे ।

चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए । उनको नेतृत्वमा चितवन प्लेअफसम्म पुग्न सफल भयो । यद्यपि, व्यक्तिगत प्रदर्शनमा भने उनले अपेक्षाअनुसार प्रभाव पार्न सकेनन् । रजाले पाँच खेलमा ५६ रन बनाउँदा बलिङमा पाँच विकेट लिए ।

कर्णाली याक्सले प्रतियोगिताका क्रममा कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइयो ।

सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए । बलिङमा उनको प्रदर्शन अझ प्रभावशाली रह्यो । उनले आठ दशमलव ९० को इकोनोमी रेटमा १० विकेट लिए । यता, पहिलोपटक एनपिएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए । यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन रह्यो ।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद रहन सकेन । उनको नेतृत्वमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन ।

पोखरा एभेन्जर्सले खराब प्रदर्शनपछि प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन ग¥यो । सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए । लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।

कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाए । बलिङमा पनि उनले छ विकेट लिए । नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट हात पारे ।

जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण टोली र व्यक्तिगत दुवै हिसाबले चुनौतीपूर्ण रह्यो । उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो । तर, व्यक्तिगत प्रदर्शनमा हरमितले आफ्नो प्रभाव देखाए । उनले सात खेलमा ११ विकेट लिनाका साथै ब्याटिङमा ९० रन बनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एनपिएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

एनपिएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए।

#कप्तान #कसै #कसको
Compare →
Bizshala
1d ago
एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा...

#एनपीएल #प्रिमियर-लिग #संस्करण
Compare →
Hamro Patro News
1d ago
कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै कप्तान दीपेन्द्रसिंह ऐरीको फ्रेन्चाइज क्रिकेट यात्रामा अर्को उपलब्धि थपिएको छ। सुदूरपश्चिमलाई...

#एनपीएल #प्रिमियर-लिग #कप्तान
Compare →
Arthasansar
1d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612