Trending
Prev Story
Next Story

प्रभावितलाई अन्याय नहुने गरी बुढीगण्डकी आयोजना अघि बढिसक्यो : सभामुख अर्याल

Ekantipur •
November 25, 2026 • 01:02 PM
5
5 reads 0 reactions

बुढीगण्डकीलाई बजेट अभाव हुन दिँदैनौँ : भौतिक पूर्वाधारमन्त्री लम्साल

प्रभावितलाई अन्याय नहुने गरी बुढीगण्डकी आयोजना अघि बढिसक्यो : सभामुख अर्याल

बुढीगण्डकीलाई बजेट अभाव हुन दिँदैनौँ : भौतिक पूर्वाधारमन्त्री लम्साल

गोरखा — सभामुख डोलप्रसाद अर्यालले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बन्छ कि बन्दैन भन्ने संशयबाट अघि बढेर अब निर्माण सुरु भएको बताएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले बिहीबार बुढीगण्डकी जलविद्युत् आयोजनाको प्राधिकरणसम्बन्धी ऐनको मस्यौदा आउने बताए ।

‘भोलि अन्तिम ड्राफ्ट आउँदै छ । यो आयोजनाका लागि २० औँ बैठक बसेपछि आजको दिन आएको हो,’ उनले भने, ‘सबैभन्दा पहिले सकारात्मक हुनुपर्‍यो । साढे चार खर्ब लगानी हुने आयोजना हो, यसलाई बहुउद्देश्यीय बनाउँछौँ ।’

बुढीगण्डकी आयोजना प्राधिकरणको ऐन मस्यौदा बनिसकेकोले संसद् खुलेको दुई हप्तामा सदनमा पेस हुने बताए । ‘अब आयोजना बन्छ कि बन्दैन भन्ने संशयबाट बन्न सुरु भयो,’ उनले भने ।

प्राधिकरणको ऐन बनेपछि सार्वजनिक गरेर सुझाव माग्ने उनले बताए । आयोजना निर्माणका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । आयोजना निर्माणका क्रममा एक जना नागरिकलाई पनि अन्याय नहुने उनले बताए ।

‘एक जना नागरिकको पनि राज्य हो, एक जनालाई पनि अन्याय नहुने गरी आयोजना बन्छ,’ उनले भने, ‘यो आयोजना प्याकेज हो । मुआब्जादेखि कुनै कुरामा पनि कसैलाई राज्यले अन्याय गर्दैन । आयोजनामा देखिएका जटिलतालाई समाधान गर्दै अघि बढ्छौँ ।’

आयोजना बहुउदेश्यीय वन्ने र आयोजना कस्तो वन्छ भन्ने योजना टेलिभिजनमा राखेर जनतासामु प्रस्तुत गर्ने अर्यालको भनाई छ । ‘गोरखा र धादिङका जनताको आर्थिक स्तर कसरी उठ्छ, वन्दै जाादा आयोजना कस्तो हुन्छ भन्ने टेलिभिजनबाट देखाउाछाौ,’ उनले भने,‘यस्ता आयोजनाबाट देश कसरी समृद्ध वन्छ, केहि दिन अघिको बुढीगण्डकी जस्तो बाढीको विपदलाई पनि यस्ता आयोजनाले कसरी रोक्न सक्छ भन्ने कुरा टेलिभिजन मार्फत जनतालाई देखाउाछाौ ।’

आयोजना बहुउद्देश्यीय बन्ने र कस्तो स्वरूपमा निर्माण हुन्छ भन्ने योजना टेलिभिजनमार्फत जनतासामु प्रस्तुत गर्ने अर्यालको भनाइ छ ।

‘गोरखा र धादिङका जनताको आर्थिक स्तर कसरी उठ्छ, बन्दै जाँदा आयोजना कस्तो हुन्छ भन्ने टेलिभिजनबाट देखाउँछौँ,’ उनले भने, ‘यस्ता आयोजनाबाट देश कसरी समृद्ध बन्छ, केही दिनअघिको बुढीगण्डकीजस्तो बाढीको विपद्लाई पनि यस्ता आयोजनाले कसरी रोक्न सक्छन् भन्ने कुरा टेलिभिजनमार्फत जनतालाई देखाउँछौँ ।’

यस्तै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आयोजना निर्माणका क्रममा बजेटको कुनै अभाव हुन नदिने बताए ।

‘बहुउद्देश्यीय परियोजना हो । सरकारको प्रतिबद्धता आयोजनाले जति खर्च गर्न सक्छ, गरोस् भन्ने हो,’ उनले भने, ‘बजेट अभाव हुन दिँदैनौँ । यो आयोजना सफल हुन्छ र निर्धारित समयमै काम सकिन्छ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्। धादिङमा आज बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको श...

#आयोजना #जलविद्युत् #सभामुख
Compare →
Nagarik News
1d ago
जलविद्युतसहितका क्षेत्रमा कतारी लगानी भित्र्याउन कतार सरकारलाई सभामुख अर्यालको आग्रह

जलविद्युतसहितका क्षेत्रमा कतारी लगानी भित्र्याउन कतार सरकारलाई सभामुख अर्यालको आग्रह

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालका जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तार गर्न कतार सरकारलाई आग्रह गरेका छन्।

#जलविद्युत् #सभामुख #अर्याल
Compare →
Onlinekhabar
5d ago
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

९ मंसिर, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो । शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस …

#बुढीगण्डकी #आयोजना #जलविद्युत्
Compare →
Arthasansar
2d ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#आयोजना #जलविद्युत्
Compare →
Bizshala
2d ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#आयोजना #जलविद्युत्
Compare →

Related Stories

World News
Build #2625