Trending
Prev Story
Next Story

सभामुख अर्यालसँग कोरियाका राजदूत पार्कको भेट

Nagarik News •
November 23, 2026 • 11:26 AM
3
3 reads 0 reactions

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगले शिष्टाचार भेट गरेका छन्।

सभामुख अर्यालसँग कोरियाका राजदूत पार्कको भेट

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगले शिष्टाचार भेट गरेका छन्।

सङ्घीय संसद् सचिवालयमा आज भएको भेटमा सभामुख अर्यालले राजदूत पार्कलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

त्यस अवसरमा उनले नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताए।

पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, डिजिटलाइजेसन, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले नेपाल वायुसेवा निगमको नेपाल–कोरिया उडान सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न राजदूत समक्ष आग्रह गरे।

नेपालका बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोरियाली सरकारले उपलब्ध गराएको आर्थिक तथा जिन्सी सहयोग तथा कोरियाली विपद् प्रतिकार्य टोली परिचालन गरेकोमा उनले धन्यवाद व्यक्त गरे।

रसुवा बाढीलगायतका विपद्का क्रममा सम्पर्कविहीन कोरियाली नागरिकका परिवारप्रति समवेदना व्यक्त गरे। उनले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत शिक्षा, स्वास्थ्य, कृषि तथा मानव संशाधन विकासमा प्राप्त सहयोगको प्रशंसा गर्दै जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा कोरियाली लगानी विस्तारको सम्भावना औँल्याए।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली युवालाई रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिँदै दुई देशबीच पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुपर्ने बताए।

त्यस अवसरमा राजदूत पार्कले बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा कोरिया निरन्तर सहयोग गर्न तयार रहेको बताए।

उनले नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो कार्यकालमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ७ मंसिर २०८३ १७:११ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

५ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । शनिबार लायन्स क्लब अफ पोखराको ५० औं स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य …

#सभामुख #अर्याल
Compare →
Hamro Patro News
1d ago
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियान छु : सभामुख अर्याल

देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियान छु : सभामुख अर्याल

पोखरा – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन् । शनिबार लायन्स क्लब अफ पोखराको ५०औँ ...

#सभामुख #अर्याल
Compare →
Ekantipur
1d ago
एआई चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

एआई चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

राष्ट्रिय कर लेखापरीक्षक (ट्याक्स एकाउन्टेन्ट) परीक्षाका सर्वोत्कृष्ट परीक्षार्थीले सूक्ष्म क्यामेरा र स्मार्टफोनको प्रयोग गरी चिट चोरेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षा व्यवस्थापनको कमजोरीलाई लिएर चौतर्फी विरोध भएको थियो

#कोरिया
Compare →

Related Stories

Politics & Governance
Build #2612