Trending
Prev Story
Next Story

एआई चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

Ekantipur •
November 22, 2026 • 08:33 AM
2
2 reads 0 reactions

राष्ट्रिय कर लेखापरीक्षक (ट्याक्स एकाउन्टेन्ट) परीक्षाका सर्वोत्कृष्ट परीक्षार्थीले सूक्ष्म क्यामेरा र स्मार्टफोनको प्रयोग गरी चिट चोरेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षा व्यवस्थापनको कमजोरीलाई लिएर चौतर्फी विरोध भएको थियो

एआई चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

राष्ट्रिय कर लेखापरीक्षक (ट्याक्स एकाउन्टेन्ट) परीक्षाका सर्वोत्कृष्ट परीक्षार्थीले सूक्ष्म क्यामेरा र स्मार्टफोनको प्रयोग गरी चिट चोरेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षा व्यवस्थापनको कमजोरीलाई लिएर चौतर्फी विरोध भएको थियो

सोल — 'एआई (आर्टिफिसियल इन्टेलिजेन्स) चिटिङ' प्रकरणको नैतिक जिम्मेवारी लिँदै दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले आइतबार पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय कर लेखापरीक्षक (ट्याक्स एकाउन्टेन्ट) परीक्षाका सर्वोत्कृष्ट  परीक्षार्थीले सूक्ष्म क्यामेरा र स्मार्टफोनको प्रयोग गरी चिट चोरेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षा व्यवस्थापनको कमजोरीलाई लिएर चौतर्फी विरोध भएको थियो ।

उनले त्यस्तो समयमा एआईको सहयोगमा चिट चोरेको स्वीकार गरे, जतिबेला दक्षिण कोरियामा विश्वविद्यालयस्तरीय सुनुङ परीक्षाको तयारी अन्तिम अवस्थामा पुगेको थियो । सुनुङ परीक्षा सुरु हुनभन्दा चार दिनअघि मात्रै उनले उक्त खुलासा गरेका थिए ।

अत्यधिक प्रतिस्पर्धात्मक मानिने दक्षिण कोरियामा 'सुनुङ' परीक्षालाई प्रतिष्ठित विश्वविद्यालयमा भर्ना र आकर्षक तलबसहितको जागिरका लागि प्रवेशद्वारका रूपमा हेर्ने गरिन्छ ।

उक्त स्वीकारोक्तिपछि सरकारी अधिकारीहरूले परीक्षा केन्द्र क्षेत्रमा सार्वजनिक वाई-फाई बन्द गर्ने र परीक्षार्थीको लुगाका टाँकमा स्टिकर टाँस्नेलगायतका हतार-हतारका निरोधात्मक उपाय अपनाउन बाध्य भएका थिए ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै ७२ वर्षीय चोईले भनेका छन्, ' सुनुङ परीक्षा कुनै ठूलो दुर्घटनाबिना नै सम्पन्न भएको छ । तर, यसका बाबजुद मैले जनआलोचनालाई मध्यनजर गरेको छ । अब परीक्षा सकिएकाले यसको पूर्ण जिम्मेवारी लिँदै राजीनामा पेस गर्दछु ।'

राष्ट्रपति ली जे म्युङले उनको राजीनामा स्वीकृत गरिसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

३० कात्तिक, सियोल (रासस/सिन्ह्वा) । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि भएको छ …

#दक्षिण #कोरिया #एआई
Compare →
Nagarik News
6d ago
दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

#दक्षिण #कोरिया #एआई
Compare →
Hamro Patro News
2h ago
दक्षिण कोरियामा भएको एसिया मोडेल फेस्टिभलमा सदीक्षा श्रेष्ठले जितिन् महिला उपाधि

दक्षिण कोरियामा भएको एसिया मोडेल फेस्टिभलमा सदीक्षा श्रेष्ठले जितिन् महिला उपाधि

दक्षिण कोरियामा सम्पन्न प्रतिष्ठित एसिया मोडेल फेस्टिभल २०२६ मा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ। फेस अफ नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी सदीक्षा श्रेष्ठले सयौँ प्रतिस्प...

#दक्षिण #कोरिया
Compare →

Related Stories

Education & Youth
Build #2612