Trending
Prev Story
Next Story

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

Nagarik News •
November 16, 2026 • 08:31 AM
4
4 reads 0 reactions

अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि भएको छ।

दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

दक्षिण कोरियाको कुल निर्यातमा आईसीटी क्षेत्रको हिस्सा ६१ प्रतिशत रहेको छ। यसले देशको आर्थिक गतिविधि र निर्यात वृद्धिमा प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका देखाएको छ।

तथ्यांकअनुसार सेमिकन्डक्टर निर्यात सबैभन्दा बढी २५९.४ प्रतिशतले वृद्धि भई ५६ अर्ब ४७ करोड डलर पुगेको छ।

विश्वभर एआई डाटा सेन्टर तथा पूर्वाधार निर्माणमा लगानी बढ्दा उच्च क्षमताका मेमोरी चिपको माग तीव्र बनेको छ। मागमा भएको वृद्धिसँगै चिपको मूल्यसमेत बढेकाले निर्यातमा उल्लेख्य सुधार आएको हो।

त्यस्तै, ओएलईडी प्रविधिमा आधारित डिस्प्ले प्यानलको माग बढ्दा यसको निर्यात २३.६ प्रतिशतले वृद्धि भई दुई अर्ब तीन करोड डलर पुगेको छ।

प्रिमियम स्मार्टफोनको बिक्रीमा सुधार आएपछि मोबाइल फोनको निर्यात पनि ६.५ प्रतिशतले बढेर एक अर्ब ७१ करोड डलर पुगेको छ।

कम्प्युटर तथा सहायक उपकरणको निर्यातमा भने सबैभन्दा तीव्र वृद्धि देखिएको छ। एआई डाटा सेन्टरमा प्रयोग हुने सोलिड स्टेट ड्राइभ (एसएसडी) को माग बढ्दा यस क्षेत्रको निर्यात ४३९.३ प्रतिशतले उकालो लागेर पाँच अर्ब ९९ करोड डलर पुगेको छ । सञ्चार उपकरणको निर्यात पनि २६.५ प्रतिशतले बढेर २३ करोड डलर पुगेको मन्त्रालयले जनाएको छ।

यसैबीच, अक्टोबरमा दक्षिण कोरियाको आईसीटी उत्पादनको आयात ५२.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ८० करोड डलर पुगेको छ।

आयात बढे पनि निर्यातमा भएको तीव्र वृद्धिका कारण आईसीटी क्षेत्रको व्यापार बचत ५० अर्ब ५५ करोड डलर पुगेको छ।

विश्लेषणात्मक रूपमा हेर्दा, एआई पूर्वाधारमा बढ्दो विश्वव्यापी लगानीले दक्षिण कोरियाको प्रविधि उद्योग र निर्यातलाई थप गति दिएको देखिन्छ।

प्रकाशित: ३० कार्तिक २०८३ १४:१६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
53m ago
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

३० कात्तिक, सियोल (रासस/सिन्ह्वा) । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि भएको छ …

#निर्यात #दक्षिण #कोरिया
Compare →
Ekantipur
22h ago
दक्षिण कोरियामा लेखापालको परीक्षामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

दक्षिण कोरियामा लेखापालको परीक्षामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

मुखमा मास्क लगाएर क्यामेराअघि बोलेका हानले प्रहरीसमक्ष लिखित रूपमा आफ्नो अपराध स्वीकार गरिसकेको बताएका छन्

#दक्षिण #कोरिया #एआई
Compare →
Hamro Patro News
2d ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता

काठ्माण्डौँ : नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झ...

#दक्षिण #कोरिया
Compare →
Bizshala
1d ago
चार दिनमै ४१०० डलरमाथिबाट ३८०० को तहमा झर्‍यो सुन, चाँदी ४८ डलरको हाराहारीमा

चार दिनमै ४१०० डलरमाथिबाट ३८०० को तहमा झर्‍यो सुन, चाँदी ४८ डलरको हाराहारीमा

काठमाण्डौ । सोमबार प्रतिऔंस ४ हजार १०० डलर नाघेको सुन चार दिनमै ३ हजार ८०० डलरको तहमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा...

#डलर
Compare →
Arthasansar
4d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर
Compare →

Related Stories

Business & Economy
Build #2612