Trending
Prev Story
Next Story

दक्षिण कोरियामा लेखापालको परीक्षामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

Ekantipur •
November 15, 2026 • 11:32 AM
4
4 reads 0 reactions

मुखमा मास्क लगाएर क्यामेराअघि बोलेका हानले प्रहरीसमक्ष लिखित रूपमा आफ्नो अपराध स्वीकार गरिसकेको बताएका छन्

दक्षिण कोरियामा लेखापालको परीक्षामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

मुखमा मास्क लगाएर क्यामेराअघि बोलेका हानले प्रहरीसमक्ष लिखित रूपमा आफ्नो अपराध स्वीकार गरिसकेको बताएका छन्

काठमाडौँ — दक्षिण कोरियामा कर लेखापालको राष्ट्रिय परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका व्यक्तिले जेनेरेटिभ एआईको प्रयोग गरेर चिट चारेको स्वीकारेका छन् । आइतबार उनको यो खुलासासँगै विगत केही महिनादेखि चलिरहेको आशंका सत्य सावित भएको छ ।

गएको अप्रिल र जुलाईमा लिइएका दुईवटा परीक्षामा सयौं प्रश्नहरूको उत्तर शतप्रतिशतजस्तै मिलाएपछि उनी चर्चामा थिए । त्यसबेलै कतिपयले उनले एआईको सहयोगले चिट चारेको हुनसक्ने आशंका गरेका थिए ।

‘एटोर्नी ली डोन–हो’ नामक युट्युब च्यानलमा माफी माग्दै उनले भने, ‘मैले इलेक्ट्रोनिक यन्त्रहरू र जेनेरेटिभ एआईको प्रयोग गरेर चिट चोरेको हुँ। मेरो यो सफलता कुनै निष्पक्ष मेहनतको परिणाम होइन ।’ उनले आफ्नो थर ‘हान’ रहेको बताएका छन् ।

हानले सूक्ष्म क्यामेरा (माइक्रोक्यामेरा) को सहायताले परीक्षाका प्रश्नहरूको तस्बिर खिचेर एआई टूलमा पठाउने र स्मार्टफोनमार्फत उत्तरहरू हेर्ने गरेको खुलासा गरे ।

मुखमा मास्क लगाएर क्यामेराअघि बोलेका हानले प्रहरीसमक्ष लिखित रूपमा आफ्नो अपराध स्वीकार गरिसकेको पनि बताएका छन् । रोयटर्सले यस विषयमा सोल जुङ्बु प्रहरी स्टेशनमा सम्पर्क गर्न खोज्दा कुनै जवाफ पाउन सकेन ।

यस घटनाले दक्षिण कोरियामा ठूलै हलचल ल्याएको छ ।सरकारी सेवा गर्नुलाई यहाँँ प्रतिष्ठाका रुपमा लिइन्छ । दक्षिण कोरियामा आउँदो बिहीबार राष्ट्रिय कलेज प्रवेश परीक्षा हुन गइरहेको छ । यस घटनाले उक्त परीक्षाको व्यवस्थापन र कडाईका विषयमा पनि चिन्ता सुरु भएको छ ।

राष्ट्रपतिको कार्यालयका एक वरिष्ठ अधिकारीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिको कार्यालयले यस विषयलाई निकै गम्भीर रूपमा लिएको छ । अर्को साता कलेज प्रवेश परीक्षा हुने भएकाले हामीले यसका लागि कडा सुरक्षात्मक उपायहरूको तयारी गरिरहेका छौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ।

#दक्षिण #कोरिया
Compare →
Hamro Patro News
1d ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता

काठ्माण्डौँ : नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झ...

#दक्षिण #कोरिया
Compare →
Onlinekhabar
1d ago
नेपालमा एआई र उद्योग ४.०

नेपालमा एआई र उद्योग ४.०

नेपालको आर्थिक विकाससम्बन्धी बहसमा लामो समयदेखि पूर्वाधार निर्माण, जलविद्युत् उत्पादन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिँदै आएको छ। यी सबै विषय नेपालको समृद्धिका लागि उत्तिकै महत्त्वपूर्ण छन्। तर अब एउटा नयाँ एजेन्डालाई विकासको केन्द्रमा राख्न आवश्यक छ- हामीले निर्माण गर्ने पूर्वाधार, स्थापना गर्ने उद्योग र परिचालन गर्ने लगानीलाई कसरी प्रविधिमैत्री, प्रतिस्पर्धी, उत्पादनशील र भविष्यका लागि तयार बनाउने ? विश्व अर्थतन्त्र एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, औद्योगिक स्वचालन, बिग डेटा, क्लाउड कम्प्युटिङ र स्मार्ट उत्पादन प्रणालीको प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहेको छ। उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, ऊर्जा खपत कम गर्ने, आपूर्ति शृङ्खला प्रभावकारी बनाउने र नयाँ बजारमा प्रवेश गर्ने प्रतिस्पर्धा अब परम्परागत उत्पादन क्षमतामा मात्र सीमित छैन। उद्योगले प्रविधिलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ भन्ने विषय पनि उत्तिकै निर्णायक बनेको छ। यस्तो अवस्थामा नेपालका लागि कृत्रिम बुद्धिमत्ता र उद्योग ४.० मा लगानी गर्नु केवल आधुनिक प्रविधि भित्र्याउने विषय होइन। यो नेपालको औद्योगिकीकरणको आधार बलियो बनाउने, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने, नयाँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीतिक अवसर हो। नेपालले यो अवसरलाई समयमै पहिचान गर्न सकेमा सीमित औद्योगिक आधारबाट पनि प्रविधिमा आधारित नयाँ विकासको बाटो खोल्न सक्छ। तर त्यसका लागि ठूला पूर्वाधार परियोजनादेखि साना तथा मझौला उद्योग, वैदेशिक प्रत्यक्ष लगानीदेखि स्वदेशी उद्यमशीलता र सङ्घीय सरकारदेखि नगरपालिका तथा गाउँपालिकासम्म सबै तहमा एकीकृत दृष्टिकोण आवश्यक छ। मेसिन खरिद गर्नु मात्र होइन प्रविधिमा लगानी उद्योग ४.० लाई बुझ्दा प्रायः रोबोट, स्वचालित मेसिन, सेन्सर, कम्प्युटर र अत्याधुनिक उत्पादन उपकरणको चर्चा गरिन्छ। तर उद्योग ४.० को अवधारणा यतिमा मात्र सीमित छैन। यसले उत्पादन प्रक्रिया, प्रविधि, सङ्गठनात्मक संरचना र उत्पादन तथा सेवाको स्वरूपलाई एकीकृत रूपमा रूपान्तरण गर्ने दृष्टिकोणलाई समेट्छ। उदाहरणका लागि, कुनै उद्योगले आधुनिक मेसिन खरिद गर्दैमा त्यो उद्योग स्वतः स्मार्ट उद्योग बन्दैन। उक्त मेसिनलाई उत्पादन प्रणालीसँग कसरी जोडिएको छ, उत्पादनसम्बन्धी तथ्याङ्क कसरी सङ्कलन गरिन्छ, कर्मचारीले प्रविधि प्रयोग गर्न कति क्षमता राख्छन्, व्यवस्थापनले तथ्याङ्कका आधारमा निर्णय गर्छ कि गर्दैन र ग्राहकको मागअनुसार उत्पादन प्रक्रिया कति छिटो परिवर्तन गर्न सकिन्छ भन्ने विषय बढी महत्त्वपूर्ण हुन्छन्। कृत्रिम बुद्धिमत्ताले यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छ। उत्पादन उपकरणमा जडान गरिएका सेन्सरबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर मेसिन बिग्रिनुअघि नै मर्मतको आवश्यकता पहिचान गर्न सकिन्छ। उत्पादनमा देखिने त्रुटि पहिचान गर्न, कच्चा पदार्थको खपत अनुमान गर्न, गोदाम व्यवस्थापन सुधार गर्न र बजारको मागअनुसार उत्पादन योजना बनाउन सकिन्छ। नेपालका उद्योगमा यसको सम्भावना उल्लेखनीय छ। खाद्य प्रशोधन, औषधि उत्पादन, सिमेन्ट, फलाम तथा स्टिल, कपडा, गलैँचा, …

#एआई
Compare →
Bizshala
3d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →

Related Stories

World News
Build #2612