Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणका सहमति कार्यान्वयन गर्न सरकारलाई उद्योगीको आग्रह

Ekantipur •
November 25, 2026 • 06:34 AM
8
8 reads 0 reactions

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिलाई व्यवहारमा उतार्न र नेपाली उद्योगी–व्यवसायीले भोगिरहेका व्यापारिक अवरोध हटाउन सरकारले तत्काल पहल गर्नुपर्ने संघले आग्रह गरेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणका सहमति कार्यान्वयन गर्न सरकारलाई उद्योगीको आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिलाई व्यवहारमा उतार्न र नेपाली उद्योगी–व्यवसायीले भोगिरहेका व्यापारिक अवरोध हटाउन सरकारले तत्काल पहल गर्नुपर्ने संघले आग्रह गरेको हो ।

विराटनगर — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका व्यापार, पारवहन, ऊर्जा र पूर्वाधारसम्बन्धी सहमतिलाई कार्यान्वयन गर्न मोरङ उद्योग व्यापार संघले आग्रह गरेको छ ।

भ्रमणका उपलब्धिलाई व्यवहारमा उतार्न र नेपाली उद्योगी–व्यवसायीले भोगिरहेका व्यापारिक अवरोध हटाउन सरकारले तत्काल पहल गर्नुपर्ने संघले आग्रह गरेको हो ।

संघका अध्यक्ष अनिलकुमार साहले  भारत भ्रमणबारे संघको धारणा सार्वजनिक गर्दै नयाँ बन्दरगाहको उपयोग, हवाई मार्ग विस्तार, सीमा पूर्वाधार, ऊर्जा र रेलमार्गसम्बन्धी सहमतिले नेपाल–भारत व्यापारिक सम्बन्धलाई थप सहज बनाइनु पर्ने जनाए ।

भारतको कोलकाता र विशाखापट्टनमबाहेक गुजरातको दीनदयाल बन्दरगाह र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमतिले नेपाली व्यवसायीको समुद्रपार व्यापारमा पारवहन दूरी, ढुवानी खर्च र समय घटाउने संघको विश्वास छ। समुद्रपार व्यापारका लागि सीमित बन्दरगाहमा निर्भर रहँदै आएका नेपाली व्यवसायीलाई थप विकल्प उपलब्ध हुनु सकारात्मक भएको संघले जनाएको छ।

काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन भारत सहमत हुनु नेपालको लामो समयदेखिको प्रतीक्षा पूरा भएको अध्यक्ष साहले बताए। यसले भैरहवा र पोखरा अन्तरदेशीय विमानस्थलको सञ्चालनलाई सहज बनाउने, हवाई भाडा घटाउन सहयोग गर्ने र पर्यटन व्यवसायलाई लाभ पुग्ने संघले आशा गरेको छ।

सीमा पूर्वाधार विस्तार र सुधारका सहमतिले पनि व्यापारिक आवागमन सहज बनाउने संघले जनाएको छ। कञ्चनपुरको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी)को शिलान्यास, धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकी निर्माणलाई तीव्रता दिने सहमतिले सीमा क्षेत्रमा मालवाहक सवारीको जाम र ढिलाइ घटाउन सहयोग पुग्ने संघको भनाइ छ।

ऊर्जा क्षेत्रका सहमति नेपाली उद्योगका लागि दीर्घकालीन महत्वका रहेको संघले जनाएको छ। भारतले घोषणा गरेको २४ हजार करोड रुपैयाँको सहयोग प्याकेजको ठूलो हिस्सा ऊर्जा क्षेत्रमा खर्च हुने, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र प्रसारण लाइन निर्माणसम्बन्धी सहमतिले उद्योगलाई वर्षैभरि विद्युत् आपूर्ति सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालमा उत्पादन हुने अतिरिक्त विद्युत् भारतले जीटुजी र बीटुबी माध्यमबाट खरिद गर्ने व्यवस्थालाई स्पष्ट बनाउन संघले आग्रह गरेको छ।

अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन तथा झापा–सिलिगुडी पेट्रोलियम टर्मिनलको शिलान्यासले इन्धन आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउने र ढुवानी लागत घटाउन मद्दत पुग्ने संघको विश्वास छ।

पर्यटन, कृषि प्रशोधन र प्रविधि क्षेत्रका सहमतिलाई पनि संघले सकारात्मक मानेको छ। अयोध्या र जनकपुर जोड्ने सरयु–कमला एक्सप्रेस रेल सेवा सञ्चालन, रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको अन्तिम सर्वेक्षण पूरा हुनु, चितवनमा कृषि–औद्योगिक पार्क तथा नेपालमा आईआईटी संस्थान र स्टार्टअप हब स्थापना गर्ने सहमतिले नयाँ अवसर सिर्जना गर्ने संघले जनाएको छ। सीमापार बैंकिङ र टेलिकम सेवा सहज बनाउने सहमतिले व्यापार, शिक्षा र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भ्रमणका उपलब्धिलाई स्वागत गरे पनि संघले नेपाली उद्योगले भारतसँगको व्यापारमा भोगिरहेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नेपालबाट भारत निर्यात हुने वस्तुमा बीआईएस प्रमाणीकरणका कारण उत्पन्न अवरोध हटाउन तथा नेपालमै हुने प्रमाणीकरणलाई भारतले मान्यता दिने व्यवस्था गर्न संघले माग गरेको छ।

जुट उद्योगमा भारतले लगाएको एन्टीडम्पिङ तथा काउन्टरभेलिङ शुल्कका कारण उद्योग सञ्चालन र हजारौं कामदारको रोजगारी प्रभावित हुने अवस्था रहेको भन्दै संघले त्यसको समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

ऊर्जा, प्रसारण लाइन र विद्युत् खरिदसम्बन्धी सहमतिलाई स्पष्ट कार्ययोजनासहित कार्यान्वयन गर्नुपर्ने तथा क्रिकेट पूर्वाधार विकास, खेलाडी प्रशिक्षण र घरेलु लिगमा सहकार्यसम्बन्धी समझदारीलाई पनि अघि बढाउनुपर्ने संघको माग छ। अध्यक्ष साहले भारत भ्रमणका क्रममा भएका सहमतिलाई कागजमा सीमित नराखी समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। औद्योगिक तथा व्यापारिक अवरोध हटाउन सरकारसँग सहकार्य गर्न संघ तयार रहेको उनले बताए।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणः बन्दरगाह थपिए, तर नेपाली वस्तु निर्यातका अवरोध उस्तै

प्रधानमन्त्रीको भारत भ्रमणः बन्दरगाह थपिए, तर नेपाली वस्तु निर्यातका अवरोध उस्तै

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका व्यापार तथा पूर्वाधार सम्बन्धी सहमतिले नेपाली उद्योगी–व्यवसायीमा नयाँ अपेक्षा जगाएको छ। यद्यपि भारतसँगको व्यापारमा लामो समयदेखि झेल्दै आएका अ...

#भारत #भ्रमण #उद्योगी
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण : जुट उद्योगका समस्या समाधानमा पहल नभएको गुनासो

प्रधानमन्त्रीको भारत भ्रमण : जुट उद्योगका समस्या समाधानमा पहल नभएको गुनासो

दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि भ्रमण उपलब्धिमूलक भएको अध्यक्ष साहको ठम्याइ छ।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Arthasansar
2d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#भारत #भ्रमण
Compare →
Bizshala
2d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2635