Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण : जुट उद्योगका समस्या समाधानमा पहल नभएको गुनासो

Nagarik News •
November 24, 2026 • 12:11 PM
4
4 reads 0 reactions

दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि भ्रमण उपलब्धिमूलक भएको अध्यक्ष साहको ठम्याइ छ।

प्रधानमन्त्रीको भारत भ्रमण : जुट उद्योगका समस्या समाधानमा पहल नभएको गुनासो

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी सकारात्मक भए पनि जुटमा भारतले लगाएको एन्टीडम्पिङ शुल्क हटाउनेबारे ठोस पहल नभएको मोरङ उद्योग व्यापार संघले गुनासो गरेको छ।

संघले प्रधानमन्त्रीको २०८३ मंसिर ८ र ९ गते भएको भारत भ्रमणबारे पत्रकार सम्मेलनमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो गुनासो गरेको हो।

‘समग्रमा भ्रमण उपलब्धिमूलक भए पनि नेपाली उद्योगी व्यवसायीका केही समस्या भ्रमणका क्रममा नउठेको पाइएकाले तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछौं। भारतमा निर्यात हुने नेपाली उत्पादनको बीआईएस प्रमाणीकरण समस्या समाधान, जुट उद्योगमा लगाइएको एन्टिडम्पिङ तथा काउन्टरभेलिङ शुल्क खारेज र विद्युत् खरिदसम्बन्धी व्यवस्थाबारे केही कुरा भयो कि भएन भन्नेबारे सरकारले स्पष्ट पार्न आवश्यक छ,’ संघका अध्यक्ष अनिलकुमार साहले भने।

दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि भ्रमण उपलब्धिमूलक भएको अध्यक्ष साहको ठम्याइ छ। उनले भ्रमणबाट प्राप्त उपलब्धिले नेपाली उद्योगी, व्यवसायीलाई नयाँ अवसर प्रदान गर्ने विश्वाससमेत व्यक्त गरे। संघले भारतसँगको व्यापार सहजीकरणका लागि कोलकाता र विशाखापटनम बन्दरगाहको विकल्पका रूपमा गुजरातको दीनदयाल बन्दरगाह प्रयोग गर्न पाउने सहमतिलाई महत्त्वपूर्ण मानेको छ। यसबाट नेपाली व्यवसायीलाई सामान आयात-निर्यातमा समय र ढुवानी खर्च घटाउन सहयोग पुग्ने जनाइएको छ।

त्यस्तै, काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दोहोरो बनाउने, भैरहवा-पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजीकरण गर्ने, विराटनगर-जोगबनी एकीकृत जाँच चौकीको स्तरोन्नति, पेट्रोलियम पाइपलाइन विस्तार तथा अयोध्या-जनकपुर रेल सेवा सञ्चालनजस्ता विषयलाई संघले सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरेको छ।

संघले भारतको २४ हजार करोड रुपैयाँको सहयोग प्याकेज, जलविद्युत् आयोजना, प्रसारण लाइन, पेट्रोलियम टर्मिनल र कृषि औद्योगिक पार्क निर्माणसम्बन्धी सहमतिलाई पनि महत्त्वपूर्ण मानेको छ। त्यसैगरी क्रिकेट पूर्वाधार विकास, खेलाडीलाई प्रशिक्षण तथा लिज सहकार्यसम्बन्धी सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। संघले दुई देशबिच भएका सहमतिलाई कागजमा मात्र सीमित नराखी छिटो कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: ८ मंसिर २०८३ १७:५६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
प्रधानमन्त्रीको भारत भ्रमणः बन्दरगाह थपिए, तर नेपाली वस्तु निर्यातका अवरोध उस्तै

प्रधानमन्त्रीको भारत भ्रमणः बन्दरगाह थपिए, तर नेपाली वस्तु निर्यातका अवरोध उस्तै

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका व्यापार तथा पूर्वाधार सम्बन्धी सहमतिले नेपाली उद्योगी–व्यवसायीमा नयाँ अपेक्षा जगाएको छ। यद्यपि भारतसँगको व्यापारमा लामो समयदेखि झेल्दै आएका अ...

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Ekantipur
15h ago
प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

परराष्ट्र मामिला अनुसन्धाता अजयभद्र खनालले आठ समझदारी, हवाई रुट, पञ्चेश्वर आयोजना र आर्थिक सहयोगलाई प्रमुख उपलब्धि मानेका छन्।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Arthasansar
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Bizshala
22h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत #भ्रमण
Compare →

Related Stories

World News
Build #2621