Trending
Prev Story
Next Story

खेलकुदमन्त्री र एनपीएल फ्रेन्चाइज प्रतिनिधिबीच छलफल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
22
22 reads 0 reactions 4 comments

८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल सुरु गरेका छन् । भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा …

खेलकुदमन्त्री र एनपीएल फ्रेन्चाइज प्रतिनिधिबीच छलफल

८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल सुरु गरेका छन् ।

भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मंगलबार सिंहदरबारमै फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग छलफल सुरु भएको हो ।

छलफलमा मन्त्रीका सल्लाहकार सिद्दि व्यन्जनकार, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का, आठवटै टोलीका सञ्चालक/प्रतिनिधि सहभागी छन् ।

शनिबार एनपीएलको तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने र फ्लडलाइटमा समेत खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए ।

यसै विषयमा सोमबार पनि मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एण्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

उक्त बैठकमा नेपालमा खेलकुद लिगहरूलाई होम एण्ड अवे ढाँचामा सञ्चालन गर्ने विषयमा आवश्यक गृहकार्य अघि बढाउनेबारे छलफल भएको थियो ।

बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि छलफल भएको थियो । मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताएका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा खेलकुद मन्त्री सस्मित पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग...

#एनपीएल #फ्रेन्चाइज #पोखरेल
Compare →
Nagarik News
1d ago
चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत उनीहरूले सुझाए।

#एनपीएल #फ्रेन्चाइज
Compare →
Ekantipur
2d ago
एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
3d ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Politics & Governance
Build #2628