Trending
Prev Story
Next Story

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

Ekantipur •
November 24, 2026 • 02:03 PM
20
20 reads 0 reactions

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा खेलकुद मन्त्री सस्मित पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग होम एण्ड अवेको अवधारणामा एनपीएल आयोजना गर्ने सम्भाव्यताबारे छलफल गरेका हुन् ।

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा खेलकुद मन्त्री सस्मित पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग होम एण्ड अवेको अवधारणामा एनपीएल आयोजना गर्ने सम्भाव्यताबारे छलफल गरेका हुन् ।

काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई होम एण्ड अवेमा गर्नका लागि आवश्यक पक्षबारे फ्रेन्चाइज टोलीसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा मन्त्री पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग होम एण्ड अवेको अवधारणामा एनपीएल आयोजना गर्ने सम्भाव्यताबारे छलफल गरेका हुन् ।

मन्त्री पोखरेलले फ्रेन्चाइज टोलीका मालिकसँग पछिल्ला ३ संस्करणको अनुभव लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले होम एण्ड अवेमा एनपीएल गर्न अहिले प्रारम्भिक चरणमा छलफल भएको बताए । होम एण्ड अवे आवश्यक भए पनि कुन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने महत्त्वपूर्ण रहेको क्यानका सचिव पारसको भनाइ छ ।

छलफलमा भौगोलिक क्षेत्रअनुसार कहाँ कस्तो स्टेडियम आवश्यक हुन्छ भन्ने महत्त्वपूर्ण रहेको धारणा राखेको खड्काले बताए । स्टेडियम निर्माणका लागि स्थानीय निकायको समन्वयमा फ्रेन्चाइज टोलीको भूमिका रहन्छ वा रहँदैन भन्नेबारे पनि छलफल भएको उनले बताए । उनले २–३ वर्षमै आठवटै क्षेत्रमा स्टेडियम बनाउन सम्भव नरहेको तर कम्तीमा २–३ वटा स्टेडियम निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । एनपीएल मात्र नभएर अन्य राष्ट्रिय प्रतियोगिता पनि प्राथमिकतामा रहनुपर्ने उनको भनाइ छ । केही समयपछि नै विश्वकप छनोटको प्लेअफ हुने र अर्को वर्ष बंगलादेश नेपाल आउनेजस्ता कार्यक्रम हुन लागेकाले स्टेडियमको क्षमता बढाउन आवश्यक रहेको क्यानका सचिव पारसले औंल्याए ।

यो पहिलो चरणको छलफल भएको पारसले उल्लेख गरे । सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा भए पनि स्टेडियम आवश्यक रहेको एनपीएल आयोजनाकै दौरान देखिएको उनको भनाइ छ । मूलपानी क्रिकेट मैदान बनाउन २०/३० वर्षदेखि काम भइरहेको र सकेसम्म चाँडै सकाउनुपर्ने उनी बताउँछन् । गौतमबुद्ध रंगशालाको काम पनि टुंगो लगाउनुपर्ने उनले उल्लेख गरे । तथापि, सरकारको सबै पैसा क्रिकेटमै खर्च गर्नुपर्छ भन्न पनि नहुने उनी बताउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा खेलकुद मन्त्री सस्मित पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग...

#एनपीएल #पोखरेल #फ्रेन्चाइज
Compare →
Nagarik News
22h ago
चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत उनीहरूले सुझाए।

#एनपीएल #फ्रेन्चाइज #होम
Compare →
Bizshala
3d ago
एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा...

#एनपीएल #होम #अवे
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2625