Trending
Prev Story
Next Story

एनपीएलका आठ फ्रेन्चाइज प्रतिनिधिसँग छलफल गर्दै शिक्षामन्त्री पोखरेल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
15
15 reads 0 reactions 4 comments

८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग मंगलबार छलफल गर्दैछन्। एनपीएललाई भविष्यमा ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजनाअनुसार आवश्यक पूर्वाधार, घरेलु मैदान …

एनपीएलका आठ फ्रेन्चाइज प्रतिनिधिसँग छलफल गर्दै शिक्षामन्त्री पोखरेल

८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग मंगलबार छलफल गर्दैछन्।

एनपीएललाई भविष्यमा ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजनाअनुसार आवश्यक पूर्वाधार, घरेलु मैदान र लगानीका विषयमा छलफल गर्न उनीहरूलाई बोलाइएको हो।

सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिबाट घरेलु मैदानका लागि आवश्यक पूर्वाधार, अहिलेको अवस्था र अपेक्षाबारे जानकारी लिइनेछ। त्यसका आधारमा रंगशाला निर्माण तथा स्तरोन्नति र लिज प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा थप गृहकार्य हुने अपेक्षा गरिएको छ।

यसअघि सोमबार मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा उच्चस्तरीय छलफल भएको थियो। उक्त बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया र प्राविधिक मापदण्डबारे छलफल भएको थियो।

बैठकमा सरकारले सीमित बजेटबाट मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा दिने वा निजी क्षेत्रलाई जग्गा लिजमा दिएर निर्माणको जिम्मेवारी दिने विकल्पमाथि विमर्श भएको थियो। सरकार र निजी क्षेत्रको साझेदारीबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने मन्त्री पोखरेलको भनाइ थियो।

सोमबारको छलफलमा एनपीएलको छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक तथा प्राविधिक पक्षबारे पनि समीक्षा गरिएको थियो। क्रिकेटमा रिभ्यु प्रणालीलगायतका प्रविधि जडान र सञ्चालन खर्च महँगो हुने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि विस्तार गर्न चुनौतीपूर्ण रहेको निष्कर्ष निकालिएको थियो। ठूला सहरबाट क्रमशः पूर्वाधार र प्रविधि विस्तार गर्न सकिने विषयमा भने छलफल भएको थियो।

एनपीएलका तीनवटै संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएका छन्। तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने र फ्लडलाइटमा समेत खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा खेलकुद मन्त्री सस्मित पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग...

#एनपीएल #फ्रेन्चाइज #पोखरेल
Compare →
Nagarik News
23h ago
चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत उनीहरूले सुझाए।

#एनपीएल #फ्रेन्चाइज
Compare →
Ekantipur
2d ago
एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

एनपीएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
3d ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2625