Trending
Prev Story
Next Story

कृषि यान्त्रिकीकरणमा लगानी, मर्मत सम्भारमा बेवास्ता

Ekantipur •
November 24, 2026 • 10:03 AM
12
12 reads 0 reactions

खेत जोत्ने, धान रोप्ने, काट्ने, प्रशोधन र भण्डारण गर्नेजस्ता काममा कृषि उपकरणको प्रयोग बढे पनि सञ्चालन, मर्मत सम्भार र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

कृषि यान्त्रिकीकरणमा लगानी, मर्मत सम्भारमा बेवास्ता

खेत जोत्ने, धान रोप्ने, काट्ने, प्रशोधन र भण्डारण गर्नेजस्ता काममा कृषि उपकरणको प्रयोग बढे पनि सञ्चालन, मर्मत सम्भार र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

काठमाडौँ — पछिल्लो एक दशकमा मुलुकको कृषि क्षेत्रमा उपकरण प्रयोग बढेको छ । किसानका खेतबारीमा जोत्ने, धान रोप्ने, काट्ने, प्रशोधन र भण्डारण गर्नेसम्मका काममा कृषि उपकरण (मिनी टिलर, पावर टिलर, रिपर, थ्रेसर, कम्बाइन हार्भेस्टर, राइस ट्रान्सप्लान्टर, ग्रेन ड्रायर, रोटाभेटर) लगायतको प्रयोग बढ्दो छ । तर, तिनको सञ्चालन, मर्मत सम्भार र व्यवस्थापनमा भने चुनौती थपिएको छ ।

नेपालमा आयातित सामानको बजार भएकाले मेसिन मर्मत गर्ने दक्ष प्राविधिक जनशक्ति, पार्टपुर्जा र मर्मत केन्द्रको अभाव भएको किसानले बताएका छन् । पार्टपुर्जा बिग्रिए मर्मत केन्द्र नभएको, कम्पनीअनुसार सामान नभएको, कम्पनीहरूले वारेन्टी, ग्यारेन्टी पनि नदिएको उनीहरूको गुनासो छ ।

रामेछापका सुमन लामाले ३ महिना अगाडि मिनी विडर (खेत गोडमेल गर्ने मेसिन) को यस्तै अनुभव भोगे । १७ हजारमा मिनी विडर किनेका उनको मेसिन १५ दिनमा नै ब्याट्री बिग्रियो । उनले पैसा खर्च गरे पनि चलाउन भने पाएनन् । उनले कम्पनीबाट कुनै पनि मर्मत हुँदैन भन्ने जवाफ पाए । ‘सजिलो होला भनेर किनिहालें, चलाउन नपाई बिग्रियो,’ लामाले भने, ‘पैसा खर्च भइहाल्यो, कम्पनीले यसको मर्मत, वारेन्टी ग्यारेन्टी छैन भनेपछि यतिकै थन्किएको छ ।’

यस्तै अनुभव छ सिन्धुपाल्चोककी किसान सुनिता परियारको पनि । १ वर्षअगाडि ३५ हजारमा किनेको पेट्रोलियम मिनी टिलर (खेत जोत्ने मेसिन) ६ महिनापछि बिग्रियो । धान, आलु, तरकारी बारीमा चलाउँदै आएको मेसिन तात्ने, स्टार्ट नहुने, धूवाँ आउने जस्ता समस्या देखिए । उनले सुरुमा मोटरसाइकल वर्कसप पुर्‍याइन् । त्यहाँ सामान्य मर्मतपछि एक साता चल्यो । ‘सुरुमा राम्रै चलेको थियो, ६ महिनापछि बिग्रियो परियारले भनिन्, ‘धेरै पटक बनाए पनि बनेन, अहिले त यत्तिकै छ ।’ मेसिन बिग्रिएपछि नबन्ने, खेतीको समयमा थन्क्याउनुपर्ने र मर्मतमा धेरै खर्च गर्नुपरेको परियारको भनाइ छ ।

सरकारले ‘कृषि यान्त्रिकीकरण प्रवर्द्धन नीति २०७१’ मार्फत कृषिमा आधुनिकीकरण गर्ने नीति लिएको छ । यसका माध्यमबाट नेपालको कृषि प्रणालीको आधुनिकीकरण र व्यवसायीकरण गर्ने नीतिको मुख्य लक्ष्य छ । यसअन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयले बृहत् परियोजना ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम २०७३/७४ देखि २०८२/८३’ सञ्चालन गरेको थियो ।

कार्यक्रमअन्तर्गत सरकारले १० वर्षमा ६३ हजार कृषि मेसिनरी तथा औजार खरिदमा अनुदान दिएको ‘कार्यक्रम सम्पन्न प्रतिवेदन’ मा उल्लेख छ । वितरित मेसिनमा मिनी टिलर, पावर टिलर, रिपर, थ्रेसर, कम्बाइन हार्भेस्टर, राइस ट्रान्सप्लान्टर, ग्रेन ड्रायर, रोटाभेटरलगायत छन् । मर्मत सम्भारका लागि १ सय ९२ जनशक्ति खटाइए पनि त्यो प्रभावकारी नभएको बताइएको छ ।

सरकारले कृषिमा आधुनिकीकरण नीति अवलम्बन गरेको वर्षौं भइसकेको छ । निजी क्षेत्रको नेपाल कृषि मेसिनरी व्यवसायी संघले पनि विभिन्न देशबाट कृषि उपकरण आयात गरिरहेको छ । सरकार र निजी कम्पनीले किसानलाई यान्त्रिकीकरणमा प्रोत्साहन गरे पनि मर्मत सम्भारको सुविधा नहुँदा खेतबारीमै मेसिन थन्किएको सरोकारवाला बताउँछन् ।

सरकारले वितरणकारी नीति लिए पनि तीन तहको सरकारबीच समन्वय नहुँदा मेसिनरी उपकरण व्यवस्थापन हुन नसकेको कृषिविद् तथा खाद्य सुरक्षाविज्ञ यमुना घलेले जनाइन् । कृषि उपकरण वितरणसँगै सञ्चालन र मर्मत सम्भारलाई प्राथमिकतामा राख्न नसक्दा लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको उनको भनाइ छ । पावर टिलरजस्ता ठूला उपकरण बिग्रिएपछि मर्मत गर्न जान्ने जनशक्ति गाउँमा नहुँदा लामो समय थन्किने समस्या देखेको उनले अनुभव सुनाइन् ।

‘हामीले फिल्डमा जाँदा धेरै ठाउँमा पावर टिलरलगायत उपकरण प्रयोगविहीन पाएका छौं । उपकरण सञ्चालन र मर्मत सम्भारको तालिम दिएका व्यक्तिले पनि पछि आउने नयाँ मोडलका मेसिन मर्मत गर्न नसकेको अवस्था छ,’ घलेले भनिन्, ‘आयातित उपकरणको मोडल र प्रविधिमा परिवर्तन हुन्छ । तर त्यहीअनुसार प्राविधिक ज्ञान र तालिमयुक्त जनशक्ति नहुँदा किसानका खेतबारीमै मेसिन थन्किएका छन् ।’

मेसिन वितरणमा पनि समानता कायम हुन नसकेको घलेको भनाइ छ । संघीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नै कार्यक्रमबाट उस्तै प्रकृतिका मेसिन वितरण गरेका छन् । पहुँच भएका किसानले धेरै ठाउँबाट अनुदान पाउने तर पहुँच नभएका किसान तथा सहकारी छुट्ने अवस्था रहेको उनले बताइन् ।

किसानमा यान्त्रिकीकरण विस्तार भए पनि मर्मत सम्भारको व्यवस्था कमजोर हुनाले धेरै संख्यामा कृषि औजार तथा उपकरण सदुपयोग हुन नसकी थन्किएको प्रतिवेदनले समेत औंल्याएको छ । ‘किसानलाई मेसिन चलाउन र मर्मत सम्भारको सामान्य ज्ञानसमेत अभाव रहेको र कस्टम हायरिङ (मेसिन भाडामा लिने) ले सामान्य मापदण्ड पनि पूरा गर्न सकेका छैनन्,’ प्रतिवेदनमा भनिएको छ ।

नेपालमा वार्षिक १२–१३ अर्बको मेसिनरी सामान आयात हुँदै आएको नेपाल कृषि मेसिनरी व्यवसायी संघले जनाएको छ । संघले सरकारलाई मेसिन वितरण मात्रै नगरी तालिम वर्कसप चलाउन जनशक्ति उत्पादनको पैरवीसमेत गर्दै आएको अध्यक्ष कृष्ण शर्माले जनाए । भौगोलिक विकटता र दुर्गमका बस्तीमा सरकारले मेसिन पुर्‍याएको तर मर्मत सम्भारका लागि कुनै पनि नीति योजना नबनाएको उनको भनाइ छ ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
जमिन सुहाँउदो र सस्तो कृषि उपकरण खोज्दै किसान

जमिन सुहाँउदो र सस्तो कृषि उपकरण खोज्दै किसान

जमिन सुहाँउदो र सस्तो कृषि उपकरण खोज्दै किसान भृकुटीमण्डपमा जारी ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी’ आइतबारसम्म चल्नेछ । मंसिर ५, २०८३ प्रकृति दाहाल किसानहरूले प्रदर्शनीमा आफ्नो...

#कृषि #उपकरण
Compare →
Bizshala
5d ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#कृषि #यान्त्रिकीकरण
Compare →
Onlinekhabar
5d ago
‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

३ मंसिर, काठमाडौं । एन्टीबायोटिक औषधि आफूखुसी किनेर खाने, चिकित्सकले दिएको मात्रा पूरा नगर्ने र पशुपालन तथा कृषि क्षेत्रमा समेत आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को जोखिम बढाउँदै लगेको छ । यो समस्या …

#कृषि #प्रयोग
Compare →
Nagarik News
1w ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।

#मर्मत
Compare →

Related Stories

Business & Economy
Build #2625