Trending
Prev Story
Next Story

बागमतीको सभामुख पद १४ महिनादेखि रिक्त, एमाले-नेकपाबीच जुटेन सहमति

Ekantipur •
November 24, 2026 • 10:03 AM
14
14 reads 0 reactions

बागमती प्रदेशका सत्तारुढ एमाले र नेकपाबीच पद बाँडफाँट तथा आकांक्षी व्यवस्थापनमा सहमति नजुट्दा सभामुख चयन प्रक्रिया रोकिएको छ।

बागमतीको सभामुख पद १४ महिनादेखि रिक्त, एमाले-नेकपाबीच जुटेन सहमति

बागमती प्रदेशका सत्तारुढ एमाले र नेकपाबीच पद बाँडफाँट तथा आकांक्षी व्यवस्थापनमा सहमति नजुट्दा सभामुख चयन प्रक्रिया रोकिएको छ।

हेटौंडा — बागमती प्रदेशसभाको सभामुख पद १४ महिनादेखि रिक्त छ । सत्तारुढ गठबन्धनभित्रको आपसी विवादका कारण सभामुख चयन प्रक्रिया अघि बढ्न नसक्दा २०८२ असोज १ देखि प्रदेशसभा सभामुखविहीन बनेको हो ।पद बाँडफाँट र आकांक्षी व्यवस्थापनमा सहमति जुट्न नसक्दा सभामुख पदपूर्ति हुन सकेको छैन ।

२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन सभामुख भुवनकुमार पाठकले सोही असोज १ मा राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो । त्यसयता अघिल्लो सरकारले सभामुख चयन प्रक्रिया अघि बढाउने प्रयास गरे पनि दलहरूबीच सहमति नजुट्दा रोकिएको थियो । गत भदौमा नयाँ प्रदेश सरकार गठन भएपछि सभामुख पदको भागबन्डासमेत भए पनि चयन प्रक्रिया अघि बढ्न सकेको छैन ।

सत्तारुढ एमाले र नेकपाबीच सभामुख चयनका विषयमा सहमति जुट्न सकेको छैन । सरकार गठनका क्रममा सभामुखसहित दुई मन्त्रालय नेकपाले पाउने र मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले लिने सहमति भएको थियो । सोहीअनुसार एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन नेकपा, राप्रपा र एमालेबीच साझेदारी भएको थियो ।

तर, मुख्यमन्त्री थापाले सरकार गठनका क्रममा महत्वपूर्ण मन्त्रालय राप्रपालाई दिएपछि नेकपा असन्तुष्ट बन्दै आएको छ । त्यसकै कारण सरकारमा रहेका एक मन्त्री विनाविभागीय बनेका छन् भने एउटा मन्त्रालय रिक्त छ।

एमाले र नेकपाबीच सहमति जुट्न नसक्दा सभामुख चयन पनि प्रभावित भएको हो । नेकपाका एक सांसदका अनुसार सरकार गठनका क्रममा भएका सहमति कार्यान्वयनमा समस्या भइरहेको छ । सभामुख पद नेकपाले पाउने सहमति भए पनि मन्त्रालयको जिम्मेवारी कमजोर दिइएकाले समस्या भएको उनले बताए ।

गठबन्धनभित्र मन्त्रालयको जिम्मेवारी बाँडफाँट र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयसमेत सभामुख चयनकै विवादका कारण अल्झिएको ती सांसदले बताए । ‘सत्तारुढ दलभित्रै सभामुख पदलाई लिएर समस्या भइरहेको छ,’ उनले भने ।

आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले भने सत्तारुढ दलहरूबीच कुनै समस्या नरहेको दाबी गरे । ‘विषय टुंगिन्छ । सभामुख चयनमा सत्ता साझेदार दलहरूबीच पूर्ण सहमति छ र दुई दल मिलेरै अघि बढ्छन् । सभामुख चयनसँगै बाँकी जिम्मेवारी बाँडफाँटको विषय पनि एकैसाथ टुंगो लाग्छ,’ उनले भने । प्राकृतिक विपद् र चाडपर्वका कारण रोकिएको राजनीतिक प्रक्रिया अब छिट्टै अघि बढ्ने उनको भनाइ छ ।

सत्तारुढ दलहरू आन्तरिक शक्ति बाँडफाँटमै अल्झिँदा प्रदेशसभाका कामकारबाही प्रभावित भएका छन् । गत भदौको पहिलो साता आएको बाढीपहिरोका कारण प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षति, राहत तथा पुनःस्थापनाका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन प्रदेशसभा सदस्यहरूले तत्काल बैठक बोलाउन दबाब दिइरहेका छन् । तर, सत्ताको किचलोका कारण उनीहरूको माग ओझेलमा परेको छ । बैठक नबस्दा कानुन निर्माण प्रक्रिया पनि अलपत्र परेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
46m ago
‘जनतासँग सम्बन्ध जोड्दै एमाले फेरि उठ्छ’ (भिडियोसहित)

‘जनतासँग सम्बन्ध जोड्दै एमाले फेरि उठ्छ’ (भिडियोसहित)

द्वन्द्वका घटना नदोहोरिऊन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्ने उल्लेख गर्दै ज्ञवालीले द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए।

#एमा
Compare →
Hamro Patro News
1h ago
पौडीमा दोस्रो दिन ४ राष्ट्रिय कीर्तिमान, बागमती शीर्ष स्थानमा

पौडीमा दोस्रो दिन ४ राष्ट्रिय कीर्तिमान, बागमती शीर्ष स्थानमा

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन बुधबार पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अ...

#बागमती
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →
Onlinekhabar
5d ago
देउवा पक्षको बागमती प्रदेश संयोजकमा राजु श्रेष्ठ

देउवा पक्षको बागमती प्रदेश संयोजकमा राजु श्रेष्ठ

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बागमती प्रदेश संयोजकको जिम्मेवारी राजु श्रेष्ठलाई दिएको छ । उनी कांग्रेसको बागमती प्रदेश कार्यसमितिका महामन्त्री हुन् । देउवा पक्षको १५ औं नियमित महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको …

#बागमती
Compare →

Related Stories

Politics & Governance
Build #2625