Trending
Prev Story
Next Story

‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

Onlinekhabar •
November 19, 2026 • 05:01 PM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । एन्टीबायोटिक औषधि आफूखुसी किनेर खाने, चिकित्सकले दिएको मात्रा पूरा नगर्ने र पशुपालन तथा कृषि क्षेत्रमा समेत आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को जोखिम बढाउँदै लगेको छ । यो समस्या …

‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

३ मंसिर, काठमाडौं । एन्टीबायोटिक औषधि आफूखुसी किनेर खाने, चिकित्सकले दिएको मात्रा पूरा नगर्ने र पशुपालन तथा कृषि क्षेत्रमा समेत आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को जोखिम बढाउँदै लगेको छ ।

यो समस्या मानव स्वास्थ्यमा मात्र सीमित नभई पशु स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र वातावरणसँग समेत जोडिएकाले यसको नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताहको पहिलो दिन आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले एएमआर नियन्त्रण कुनै एक क्षेत्र वा निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै यसलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिएका हुन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल, ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको सहकार्यमा आयोजित ‘एएमआर र मिडियाको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले एन्टीबायोटिकको विवेकपूर्ण प्रयोगसँगै जनचेतना अभिवृद्धि र नीतिगत सुधारको आवश्यकता औंल्याए ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टीबायोटिक औषधिको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए। चिकित्सकको सल्लाहबिना एन्टीबायोटिक प्रयोग गर्ने र औषधि जथाभावी सेवन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एएमआरलाई मानव स्वास्थ्यको समस्याका रूपमा मात्र बुझ्न नहुने बताए । कृषि तथा पशुपालन क्षेत्रमा पनि एन्टीबायोटिक प्रयोग हुने भएकाले त्यसको उचित व्यवस्थापन र अनावश्यक प्रयोग नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले एन्टीबायोटिकको मात्रा पूरा नगर्ने र आफूखुसी औषधि किनेर खाने प्रवृत्ति अझै कायम रहेको बताइन् । यस्तो व्यवहार परिवर्तन गर्नु एएमआर नियन्त्रणको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो। व्यवहार परिवर्तनसँगै नीतिगत कमजोरी पहिचान गर्न र त्यसबारे निगरानी तथा पैरवी गर्न पनि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उनले बताइन् ।

विश्व स्वास्थ्य संगठन नेपालकी कार्यवाहक प्रमुख डा. एलिसन गोकाटानोले एएमआरको जोखिम कुनै एक व्यक्ति वा समुदायमा मात्र सीमित नरहेको बताइन् । यसको प्रभाव सबैमा पर्न सक्ने भएकाले नियन्त्रणका लागि सामूहिक प्रयास र जनचेतना आवश्यक रहेको उनको भनाइ थियो ।

ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआरलाई सबै क्षेत्रको साझा एजेन्डा बनाउनुपर्ने बताइन् । यस विषयमा जनचेतना अभिवृद्धि गर्न र जिम्मेवार निकायलाई जवाफदेही बनाउन पत्रकारहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनले उल्लेख गरिन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले एएमआर बहुपक्षीय विषय भएकाले यसको जोखिमबारे सबै क्षेत्र मिलेर सचेतना फैलाउनुपर्ने बताए । स्वास्थ्य पत्रकारहरूले सचेतना अभियानको अवधिमा मात्र नभई नियमित रूपमा एएमआरसम्बन्धी रिपोर्टिङ गरिरहेको उनले जानकारी दिए ।

सागर बुढाथोकीलाई उत्कृष्ट एएमआर रिपोर्टिङ अवार्ड

कार्यक्रममा एएमआरसम्बन्धी विषयमा उत्कृष्ट लेखन तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गरिएको थियो ।

यस वर्षको ‘एक्सिलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनमा कार्यरत पत्रकार सागर बुढाथोकीले प्राप्त गरे। उनले १५ हजार रुपैयाँ नगदसहित अवार्ड पाएका हुन् ।

त्यस्तै, स्पेसल मेन्सन अवार्ड गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपालखबरकी प्रज्ञा तिम्सिना, थाहाखबरकी सबिना खनाल, जुनखबर डटकमकी जुनु भट्टराई र अनलाइनखबरकी मनिषा थापाले प्राप्त गरे । उक्त अवार्ड ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरले प्रदान गरेको हो ।

कार्यक्रममा डब्लूएचओ नेपालकी एएमआर फोकल पर्सन डा. पल्पसा कंसाकार, एफएओका लाइभस्टक एन्ड वान हेल्थ एड्भाइजर डा. सुरेन्द्र कार्की, स्वास्थ्य मन्त्रालयकी शिवानी खड्गी र गामा नेपालकी कल्पना आचार्यले एएमआरका विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए ।

एन्टीमाइक्रोबियल औषधिले पहिले प्रभावकारी रूपमा मार्ने वा नियन्त्रण गर्ने सूक्ष्मजीवलाई मार्न वा नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुनुलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ । यसको जोखिम कम गर्न एन्टीबायोटिकलगायत एन्टीमाइक्रोबियल औषधिको सही प्रयोग आवश्यक हुन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार ब्याक्टेरियाजन्य एन्टीमाइक्रोबियल रेजिस्टेन्सका कारण विश्वभर प्रत्येक वर्ष ४७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। यसको नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए सन् २०५० सम्ममा एएमआरका कारण मृत्यु हुनेको संख्या बढेर ३ करोड ९० लाखसम्म पुग्न सक्ने अनुमान छ । यसले विश्व अर्थतन्त्रमा समेत वार्षिक अर्बौं अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्‍याउन सक्ने देखिएको छ । यसको असर न्यून तथा मध्यम आय भएका देशमा अझ बढी पर्ने जोखिम छ ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टीमाइक्रोबियल रेजिस्टेन्स सचेतना सप्ताह मनाइन्छ  । यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान :प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ सप्ताह मनाइँदैछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6h ago
भोलि हेटौंडा–कुलेखानी सडक बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

भोलि हेटौंडा–कुलेखानी सडक बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

त्रिखण्डी मेलाका कारण शुक्रबार कान्ति लोकपथ प्रयोग गर्न प्रशासनको आग्रह ।

#प्रयोग
Compare →
Hamro Patro News
3d ago
माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्। केही प्रकारका माउथवासमा निष्क्रि...

#प्रयोग
Compare →
Nagarik News
1w ago
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

#प्रयोग
Compare →

Related Stories

World News
Build #2612