Trending
Prev Story
Next Story

खेताला अभावले गुल्मीमा बढ्यो थ्रेसरको प्रयोग

Onlinekhabar •
November 18, 2026 • 02:30 AM
2
2 reads 0 reactions

२ मंसिर, गुल्मी । पश्चिम गुल्मीका कृषक धान भित्र्याउन थ्रेसर मेसिनको प्रयोग गर्न थालेका छन् । गाउँमा कृषि मजदुरको अभाव बढ्दै गएपछि धान झाट्ने र भित्र्याउने काममा आधुनिक उपकरणको प्रयोग बढ्न थालेको हो । कुनै समय …

खेताला अभावले गुल्मीमा बढ्यो थ्रेसरको प्रयोग

२ मंसिर, गुल्मी । पश्चिम गुल्मीका कृषक धान भित्र्याउन थ्रेसर मेसिनको प्रयोग गर्न थालेका छन् । गाउँमा कृषि मजदुरको अभाव बढ्दै गएपछि धान झाट्ने र भित्र्याउने काममा आधुनिक उपकरणको प्रयोग बढ्न थालेको हो ।

कुनै समय गोरुले खेत जोत्ने र मानिसको सहायताले धान झाट्ने चलन सामान्य थियो । अहिले खेतीपातीका काममा आधुनिक मेसिनको प्रयोग विस्तार हुँदै गएको छ ।

इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषक यतिबेला धान भित्र्याउन व्यस्त छन् । खेतमा पाकेको धान काट्न खेताला नपाउने समस्या बढ्दै गएपछि उनीहरूले थ्रेसर मेसिनलाई विकल्पका रूपमा प्रयोग गर्न थालेका छन् ।

स्थानीय कृषक छन्दबहादुर कुँवरले यस वर्ष आफ्नो सबै धान थ्रेसर मेसिनबाट भित्र्याएका छन् । अघिल्लो वर्षसम्म परम्परागत तरिकाले धान झाट्ने गरेका उनले यस वर्ष मेसिन प्रयोग गरेका हुन् ।

उनका अनुसार गाउँमा खेताला पाउन मुस्किल हुँदै गएको छ । खेताला खोज्दै हिँड्नुपर्ने र धेरै दिनसम्म धान खेतमै राख्नुपर्ने बाध्यता थ्रेसरको प्रयोगले हटाएको छ ।

थ्रेसर मेसिन प्रयोग गरेबापत प्रतिघण्टा चार हजार रुपैयाँ खर्च लाग्छ । खर्च केही बढी भए पनि समय र जनशक्ति बचत हुने भएकाले कृषकले यसलाई उपयोगी मानेका छन् ।

अर्का कृषक प्रकाश केसीले पनि थ्रेसरको प्रयोगले धान भित्र्याउन सहज भएको बताए । गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएकाले आधुनिक उपकरणको प्रयोग आवश्यक बन्दै गएको उनको भनाइ छ ।

तर, कृषकको आवश्यकताअनुसार आधुनिक कृषि उपकरणको पहुँच पर्याप्त छैन । कृषि ज्ञान केन्द्रले साना कृषि उपकरण तथा यान्त्रिकीकरणका क्षेत्रमा सहयोग गर्दै आए पनि ठूला मेसिनमा कृषकको पहुँच बढाउन थप पहल आवश्यक रहेको कृषक बताउँछन् ।

कृषक पदम खत्रीले ठूला कृषि उपकरणमा पनि अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने बताए । साना तथा मझौला कृषकले व्यक्तिगत रूपमा महँगा मेसिन खरिद गर्न नसक्ने भएकाले सहकारी, कृषक समूह र स्थानीय तहको साझेदारीमा यस्ता उपकरण सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

जिल्लामा यतिबेला धान भित्र्याउने काम भइरहेकाले धान उत्पादनको तथ्यांक संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष धान भित्र्याउने समयमा आएको हावाहुरीसहितको असिना पानीले विभिन्न स्थानमा पाक्न लागेको धानबालीमा क्षतिसमेत पुर्‍याएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
23h ago
किसानका पीडा : उत्पादन छ, मूल्य छैन

किसानका पीडा : उत्पादन छ, मूल्य छैन

सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै तोक्न थाले पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्।

#धान #थाले
Compare →
Ekantipur
1d ago
गाइडलाइन छैन, आफ्नै प्रयासमा एआई प्रयोग गर्छन् विद्यार्थी

गाइडलाइन छैन, आफ्नै प्रयासमा एआई प्रयोग गर्छन् विद्यार्थी

विद्यार्थीहरूले एआईको सहयोगमा पाइथनदेखि मल्टिमिडिया सामग्रीसम्म सिक्दै समस्या समाधान, सिर्जनशीलता र व्यक्तिगत अध्ययन क्षमता विकास गरिरहेका छन्।

#प्रयोग
Compare →
Hamro Patro News
2d ago
माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्। केही प्रकारका माउथवासमा निष्क्रि...

#प्रयोग
Compare →

Related Stories

Australia & Pacific
Build #2612