Trending
Prev Story
Next Story

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

Nagarik News •
November 10, 2026 • 06:51 AM
1
1 reads 0 reactions

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी  छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो।

गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगलाई  नियन्त्रणमा विशेष गस्ती र निगरानी बढाएको नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए।

उनका अनुसार, चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था भएपछि प्रहरी प्रशासनको निगरानी र नियन्त्रण संयन्त्र कार्यलाई सक्रिय बनाएको छ। त्यस क्रममा प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी बढाएको छ।

प्रहरीले यसअघि पनि चाड पर्वमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन पटकपटक अनुरोध गरेको थियो।

प्रकाशित: २४ कार्तिक २०८३ १२:३६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पर्सा । तिहार तथा छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री र प्रयोगमा थप कडाइ गरेको छ । जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको म...

#पटा #प्रयोग #नियन्त्रण
Compare →
Ekantipur
5d ago
गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए ।

#नियन्त्रण #निगरानी
Compare →
Onlinekhabar
2d ago
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको …

#नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2611