Trending
Prev Story
Next Story

श्रमदान गरेर सडक मर्मत

Nagarik News •
November 12, 2026 • 01:20 AM
1
1 reads 0 reactions

म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।

श्रमदान गरेर सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका-५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।

क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मङ्गलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुङ्गा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो।

बर्खा याममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको थियो। सरकारी निकायको मुख ताकेर बस्दा ढिलाइ भएपछि युवाहरूले सडक मर्मतका लागि अगुवाइ गरेका हुन्।

अभियानमा ३० युवा सहभागी भएको क्लबका सचिव सुभास पुन मगरले बताए। उनका अनुसार तिहार मनाउन जन्मथलोमा भेला भएकाहरूले सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सडक मर्मत गर्न श्रमदान गरेका हुन्।

श्रमदान अभियानमा लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले ढुवानीका लागि ट्याक्टरको भाडा र खाजाका लागि आर्थिक सहयोग गरेको क्लबले जनाएको छ। खाजामा १० हजार ७९० रुपैयाँ खर्च भएको क्लबले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ ०७:०५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#क्लब #मर्मत #मोटरबाटो
Compare →
Hamro Patro News
2d ago
बाढीले भत्काएको बेनी–दरवाङ सडक मर्मत सुरु

बाढीले भत्काएको बेनी–दरवाङ सडक मर्मत सुरु

म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्...

#मर्मत
Compare →
Ekantipur
1w ago
मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती

सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्।

#मर्मत
Compare →

Related Stories

Technology
Build #2611