Trending
Prev Story
Next Story

औषधि उद्योगलाई गुणस्तरमा कडाइ गर्दै विभाग, ३५ दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको स्पिरिट प्रयोग गर्न निर्देशन

Bizshala •
November 24, 2026 • 08:06 AM
13
13 reads 0 reactions

काठमाण्डौ । औषधि व्यवस्था विभागले औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तरमा कडाइ गर्ने भएको छ।...

औषधि उद्योगलाई गुणस्तरमा कडाइ गर्दै विभाग, ३५ दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको स्पिरिट प्रयोग गर्न निर्देशन

काठमाण्डौ । औषधि व्यवस्था विभागले औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तरमा कडाइ गर्ने भएको छ। औषधिको गुणस्तर र बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विभागले औषधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रेक्टिफाइड स्पिरिट मात्रै प्रयोग गर्न निर्देशन दिएको हो।

विभागले सोमबार सूचना जारी गर्दै औषधि उत्पादनका विभिन्न चरणमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने ९५ प्रतिशत इथानोलयुक्त रेक्टिफाइड स्पिरिटको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार औषधि उद्योगहरूले हाल विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादित रेक्टिफाइड स्पिरिट प्रयोग गर्दै आएका छन्।

तर, यस्ता उद्योगबाट उत्पादन हुने स्पिरिट औषधि निर्माणका लागि आवश्यक औषधीय गुणस्तरको मापदण्डअनुसार छ वा छैन भन्ने सुनिश्चित गर्नु अत्यावश्यक रहेको विभागको भनाइ छ।

विभागले औषधि उद्योगमा प्रयोग गरिने रेक्टिफाइड स्पिरिट भारतीय फार्माकोपिया, ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायत मान्यताप्राप्त औषधीय मापदण्डअनुसार हुनुपर्ने स्पष्ट पारेको छ।

विभागका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि नयाँ व्यवस्था अनिवार्य रूपमा कार्यान्वयनमा आउनेछ।

त्यसपछि औषधि उत्पादक उद्योगहरूले निर्धारित गुणस्तर पूरा गरेको रेक्टिफाइड स्पिरिट मात्रै प्रयोग गर्नुपर्नेछ।

औषधि उत्पादनमा प्रयोग हुने सहायक कच्चा पदार्थको गुणस्तर कमजोर हुँदा अन्तिम उत्पादनको गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो।

क्यान्सर र डायलाइसिसका औषधिको उपलब्धतामा पनि चासो

यसैबीच, औषधि व्यवस्था विभागले बजारमा अभाव देखिएका केही अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन पनि पहल थालेको छ।

विभागका अनुसार क्यान्सरको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका सिस्प्लाटिन र कार्बोप्लाटिन तथा मिर्गौलाका बिरामीका लागि आवश्यक डायलाइसिस सोलुसनलगायतका औषधि बजारमा पर्याप्त उपलब्ध नभएको गुनासो आएको छ।

यस्ता औषधिको अभावका कारण बिरामीको उपचार प्रभावित हुन नदिन विभागले उपलब्ध गराउन सक्ने आयातकर्ता तथा वितरकहरूको विवरण सार्वजनिक गरेको छ।

सम्बन्धित आयातकर्ता तथा वितरकलाई औषधिको मौज्दात, आयात र वितरणसम्बन्धी अद्यावधिक विवरण व्यवस्थित राख्न तथा बजारमा नियमित उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइएको छ।

यसैगरी, प्राविधिक स्तरोन्नति हुन नसक्दा दसैँपछि अवरुद्ध रहेको औषधि व्यवस्था विभागको अनलाइन सेवा मंगलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ।

विभागले औषधि दर्तालगायत अनलाइनमार्फत उपलब्ध गराउँदै आएका सेवा पुनः सञ्चालनमा ल्याउने जानकारी दिएको हो।

अनलाइन सेवा नियमित भएसँगै औषधि उद्योग, आयातकर्ता तथा अन्य सरोकारवालाले विभागबाट प्रदान गरिने विद्युतीय सेवाहरू पुनः उपयोग गर्न पाउनेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ।

#औषधि #गुणस्तर #स्पिरिट
Compare →
Onlinekhabar
5d ago
एआई प्रयोग मापदण्ड बनाउनुपर्ने रिट सर्वोच्चबाट अस्वीकार

एआई प्रयोग मापदण्ड बनाउनुपर्ने रिट सर्वोच्चबाट अस्वीकार

६ मंसिर, काठमाडौँ। कृत्रिम बौद्धिकता (एआई) का बारेमा विश्वविद्यालयहरूले आफूखुसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दाबीसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। कानुनका विद्यार्थीहरूले एआईका बारेमा राज्यको …

#प्रयोग #मापदण्ड
Compare →
Ekantipur
6h ago
खप्तडमा पर्यटकलाई बासको सकस, करोडौंका आवासगृह प्रयोगविहीन

खप्तडमा पर्यटकलाई बासको सकस, करोडौंका आवासगृह प्रयोगविहीन

भवन बनेको दुई वर्ष बित्दा पनि सञ्चालन कार्यविधि बनेन । प्रयोगमा नआउँदै भवनका शौचालय र झ्यालढोका जीर्ण ।

#प्रयोग
Compare →
Hamro Patro News
1d ago
एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिँदै गएको छ । नेपालमा पनि औषधि प्रतिरोधको अवस्था चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाउँछ । यसको नियन्त्रणका लागि कानुन...

#प्रयोग
Compare →

Related Stories

Health & Wellness
Build #2625