Trending
Prev Story
Next Story

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

Nagarik News •
November 24, 2026 • 03:47 AM
13
13 reads 0 reactions

औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ।

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।

औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ।

उक्त पदार्थले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित हुनु अत्यावश्यक रहेको भन्दै यसको मात्रा सुनिश्चितताका लागि विभागले उक्त निर्देशन दिएको हो।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने रेक्टिफाइड स्पिरिट प्रयोग हुँदै आएको छ।

उक्त पदार्थको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्न आवश्यक छ।

औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायतका मान्यताप्राप्त फार्माकोपियामा तोकिएका मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिए।

विभागले निर्धारित मापदण्डअनुसार गुणस्तर कायम भएको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन औषधि उद्योग तथा सरोकारवालालाई सोमबार सूचित गरेको हो।

सो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ।

साथै, विभागीय निर्णयअनुसार यस विषयमा सम्बन्धित सबैलाई जानकारी गराइएको सूचनामा उल्लेख छ।

यसैबीच विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजारमा उपलब्धताका बारेमा जानकारी गराएको छ।

जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्न तथा बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले सम्बन्धित औषधिको बजार उपलब्धताबारे जानकारी गराएको हो।

विभागका अनुसार पछिल्लो समय प्लाटिनम समूहका सिस्प्लाटिन कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसनलगायतका औषधि उपलब्ध नभएको वा न्यून रहेको जानकारीपछि ती औषधि सहज रूपमा उपलब्ध हुने फर्म तथा वितरकको विवरण सार्वजनिक गरिएको हो।

विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राखी नियमित बजार उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ।

यसैबीच दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पिएचपी अपग्रेड) हुन नसक्दा अवरुद्ध रहेको विभागको अनलाइन सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ।

विभागले अनलाइनमार्फत प्रदान गर्दै आएका दर्तालगायतका सेवा आजैदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी पनि सोमबार प्रकाशित सूचनामा उल्लेख छ।

प्रकाशित: ८ मंसिर २०८३ ०९:३२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
औषधि उद्योगलाई गुणस्तरमा कडाइ गर्दै विभाग, ३५ दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको स्पिरिट प्रयोग गर्न निर्देशन

औषधि उद्योगलाई गुणस्तरमा कडाइ गर्दै विभाग, ३५ दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको स्पिरिट प्रयोग गर्न निर्देशन

काठमाण्डौ । औषधि व्यवस्था विभागले औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तरमा कडाइ गर्ने भएको छ।...

#औषधि #रेक्टिफाइड #स्पिरिट
Compare →
Ekantipur
1d ago
८ मंसिर २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

८ मंसिर २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १५७ रहेको छ।

#गुणस्तर
Compare →
Hamro Patro News
2d ago
७ मंसिर २०८३ : आजको वायु गुणस्तर अपडेट

७ मंसिर २०८३ : आजको वायु गुणस्तर अपडेट

७ मंसिर २०८३ : आजको वायु गुणस्तर अपडेट विराटनगरमा आज सबैभन्दा खराब वायु गुणस्तर रहेको छ भने पोखरामा सबैभन्दा स्वच्छ हावा रहेको छ। मंसिर ७, २०८३ कान्ति एआई देशका प्रमुख सहरहरूको आजको वायु गुणस्त...

#गुणस्तर
Compare →
Onlinekhabar
5d ago
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग

४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका …

#सुनिश्चित
Compare →

Related Stories

Health & Wellness
Build #2625