Trending
Prev Story
Next Story

प्रयोगशाला बलियो नभई स्वास्थ्य सेवा बलियो हुँदैन: गुणस्तर, नियमन र सुधारको आवश्यकता

Hamro Patro News •
November 25, 2026 • 10:26 AM
9
9 reads 0 reactions

प्रयोगशाला भन्नाले हामीलाई एउटा कोठा, केही उपकरण र नमुना जाँच गर्ने प्राविधिक मनमा आउँछ। जनस्वास्थ्यको दृष्टिले प्रयोगशाला त्यो भन्दा धेरै ठूलो र गहिरो प्रणाली हो। प्रयोगशालामा हरेक नमुना एउटा प्रश...

1 / 2
Swipe Photos

प्रयोगशाला भन्नाले हामीलाई एउटा कोठा, केही उपकरण र नमुना जाँच गर्ने प्राविधिक मनमा आउँछ। जनस्वास्थ्यको दृष्टिले प्रयोगशाला त्यो भन्दा धेरै ठूलो र गहिरो प्रणाली हो। प्रयोगशालामा हरेक नमुना एउटा प्रश्न हो, परीक्षण त्यो प्रश्नको वैज्ञानिक उत्तर हो, र त्यस उत्तरले उपचार, रोग नियन्त्रण र सार्वजनिक स्वास्थ्यको निर्णय बनाउँछ।

रिपोर्टले बिरामीको उपचारको दिशा परिवर्तन गर्न सक्छ, प्रकोपको सङ्केत समयमै दिन सक्छ वा अनावश्यक उपचार रोक्न सक्छ। त्यसैले प्रयोगशालाको मूल्य केवल 'नमुना परीक्षण भयो कि भएन' मा मात्र होइन; नमुना सही थियो कि थिएन, परीक्षण सही विधिबाट भयो कि भएन, परिणाम विश्वसनीय छ कि छैन, र सही समयमा सही ठाउँमा पुगेको छ कि छैन भन्नेमा निर्भर छ। यही कारणले प्रयोगशाला स्वास्थ्य प्रणालीको पछाडिको प्राविधिक सेवा मात्र होइन, सही निदान, प्रभावकारी उपचार र प्रमाणमा आधारित जनस्वास्थ्य निर्णयको मेरुदण्ड पनि हो।

स्रोतमा पूरा पढ्नुहोस् ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
5d ago
‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

३ मंसिर, काठमाडौं । एन्टीबायोटिक औषधि आफूखुसी किनेर खाने, चिकित्सकले दिएको मात्रा पूरा नगर्ने र पशुपालन तथा कृषि क्षेत्रमा समेत आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को जोखिम बढाउँदै लगेको छ । यो समस्या …

#सुधारको #आवश्यकता
Compare →

Related Stories

Health & Wellness
Build #2625