Trending
Prev Story
Next Story

सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

८ मंसिर, काठमाडौं । रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित …

सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

८ मंसिर, काठमाडौं । रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।

आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।’

सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेशका लागि महत्वपूर्ण परियोजना भएको भन्दै यसको काम रोकिँदा प्रदेशका कृषक तथा नागरिक निराश भएको बताए । उनले आयोजना अघि बढाउने स्पष्ट कार्ययोजना, काम रोकिएको कारण र आगामी बाटोबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

करिब ६ वर्षअघि सुरु भएको आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखे पनि हाल यसको ठेक्का रद्द गरिएको छ । आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत रहेको उल्लेख गर्दै झाले यसलाई राष्ट्रिय गौरवको बहुउद्देश्यीय परियोजनाका रूपमा अघि बढाइएको बताए ।

आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ बैशाख २६ गते भए पनि त्यसपछि काम अघि नबढेको भन्दै उनले प्रश्न उठाए । ‘ब्रेक थ्रु भइसकेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन । यो नबढ्नुको कारण के हो, बन्द हुने स्थिति के हो र आगामी वे फरवार्ड के हो ? यी तीनवटा कुरामा थप स्पष्टता भइदिए राम्रो हुन्थ्यो,’ उनले भने ।

मधेशमा कृषि नै प्रमुख आर्थिक स्रोत रहेको उल्लेख गर्दै झाले सिँचाइका आयोजना अन्योलमा रहँदा कृषि उत्पादन र क्षेत्रको भविष्य प्रभावित हुने बताए । ‘मधेशसँग देखाउनलाई हिमाल छैन, उत्पादन गर्न हाइड्रो पनि छैन । भएकै एउटा खेती छ, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ,’ उनले भने ।

सुनकोशी–मरिण डाइभर्सनले मधेशमा बढ्दो मरुभूमीकरण रोक्न र पानीको उपलब्धता बढाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा नागरिकले राखेको भन्दै उनले आयोजना अघि बढाउन अनावश्यक ढिलाइ नगर्न आग्रह गरे ।

आयोजना अघि बढाउने स्पष्ट योजना भए सांसदहरूले संसद् तथा विभिन्न निकायमा आवाज उठाएर काम अघि बढाउन दबाब दिन सक्ने भन्दै झाले सम्बन्धित निकायसँग थप जानकारी र समाधानको बाटो प्रस्तुत गर्न माग गरे ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया लगायत उपस्थित छन् । रजौरियाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुन्छ : मनिष झा

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुन्छ : मनिष झा

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी दिएका छन्। मंगलबार सिंहदरबारमा बसेको सार्व...

#आयोजना #मधेश #सुनकोशी
Compare →
Bizshala
10h ago
कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको...

#आयोजना #सुनकोशी
Compare →
Ekantipur
9h ago
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

#सुनकोशी #मरिण #आयोजना
Compare →
Arthasansar
1d ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#आयोजना
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#आयोजना
Compare →

Related Stories

World News
Build #2621