म्याग्दी । तारानाथ–धनेश्वरी स्मृति प्रतिष्ठानले साहित्यकार रेखाकौशल रेग्मी र पत्रकार प्रताप बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले सोमबार आयोजित समारोहमा रेग्मी र बानियासहित आठ विद्यार्थीलाई पनि पुरस्कृत गरेको हो । बेनी नगरपालिका–५, पुलाचौरमा आयोजित समारोहमा साहित्य विधातर्फ म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेग्मी र पत्रकारितातर्फ नेपाल टेलिभिजनका बानियालाई जनही रु १० हजार नगदसहित सम्मान गरिएको हो ।
Read full story at source ( ratopati.com )