Trending
Prev Story
Next Story

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

Ekantipur •
November 10, 2026 • 05:01 AM
1
1 reads 0 reactions

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो ।

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो ।

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकामा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो ।

थाहा नगरपालिका–२ स्थित फाँटबजारको भलिबल मैदानमा भएको फाइनल खेलको सुरुवातदेखि नै दुवै पक्षबाट आक्रामक खेल प्रस्तुत भएको थियो । पहिलो सेटमा हेटौंडा र एसआरजी आग्राबीच निकै प्रतिस्पर्धा देखियो । एकपछि अर्को अंकका लागि दुवै टोलीले गरेको संघर्षले खेललाई थप रोमाञ्चक बनाएको थियो । अन्तिमसम्म प्रतिस्पर्धा कायम रहेको पहिलो सेटमा हेटौंडाले २६–२४ को जित निकाल्दै खेलमा अग्रता बनायो ।

दोस्रो सेटमा हेटौंडाले खेलमाथि आफ्नो पकड बलियो बनाउँदै २५–१७ को सहज जित निकाल्यो । दुई सेट लगातार गुमाएको एसआरजी आग्राले तेस्रो सेटमा खेलमा फर्किने प्रयास गरे पनि हेटौंडाको उत्कृष्ट प्रदर्शनसामु सफल हुन सकेन । तेस्रो सेटमा पनि हेटौंडाले एकपक्षीय प्रदर्शन गर्दै २५–१२ को जित निकाल्यो । यससँगै हेटौंडाले फाइनल खेल ३–० को सोझो सेटमा जित हासिल गरेको थियो ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका हेटौंडाका मनिष गुरुङ म्यान अफ द म्याच घोषित भए । उपाधि जितेसँगै हेटौंडाले १ लाख १ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको एसआरजी आग्राले नगद ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको थियो । प्रतिष्ठानले यस वर्षबाट पुरस्कार राशिको रकम वृद्धि गरेर बाहिरी पालिकाका टिमहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको थियो । थाहा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा तथा थाहा नगरका नगरप्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको थियो । पुरस्कार वितरण समारोहमा नगरपालिकाका उपप्रमुख भरत गोपालीको पनि आतिथ्य रहेको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँ...

#हेटौंडा #उपाधि #विनयबाबु
Compare →
Nagarik News
6d ago
‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट २०८३ सालमा अर्पण गरिने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।

#प्रतिष्ठान #स्मृति
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको …

#हेटौंडा
Compare →
Bizshala
1w ago
कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

काठमाण्डौ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ...

#उपाधि
Compare →

Related Stories

Sports
Build #2611