Trending
Prev Story
Next Story

तल्लो अरुण जलविद्युत आयोजनानयाँदिल्लीबाट भर्चुअल शिलान्यास, पुखुवामा जनप्रतिनिधिको उपस्थितिमा शिलालेख अनावरण

Ekantipur •
November 23, 2026 • 11:03 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट आयोजनाको भर्चुअल रूपमा शिलान्यास गरेपछि पुखुवामा शिलालेख अनावरण गरिएको हो।

तल्लो अरुण जलविद्युत आयोजनानयाँदिल्लीबाट भर्चुअल शिलान्यास, पुखुवामा जनप्रतिनिधिको उपस्थितिमा शिलालेख अनावरण

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट आयोजनाको भर्चुअल रूपमा शिलान्यास गरेपछि पुखुवामा शिलालेख अनावरण गरिएको हो।

संखुवासभा — कोशी प्रदेशको ऊर्जा विकासमा महत्वपूर्ण मानिएको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार औपचारिक नयाँ दिल्लीमा भर्चुअल रूपमा शिलान्यास गरेसँगै संखुवासभाको चिचिला गाउँपालिका–स्थित पुखुवामा पनि शिलालेख अनावरण गरेर शिलन्यास गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन्। उनीहरूले भर्चुअल रूपमा शिलान्यास गरेसँगै संखुवासभाको चिचिला गाउँपालिका–स्थित पुखुवामा पनि शिलालेख अनावरण गरिएको हो।

पुखुवामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पालगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो। उनीहरू सोमबार बिहानै आयोजनास्थल पुगेर शिलालेख अनावरण कार्यक्रममा सहभागी भएका थिए।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले डिजिटल माध्यमबाट शिलान्यास गरेसँगै आयोजनास्थल पुखुवामा पनि शिलालेख अनावरण गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भटराईले जानकारी दिए। डिजिटल शिलालेख अनावरण कार्यक्रमको आयोजनास्थलबाट प्रत्यक्ष प्रसारण गरिएको एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीले जनाएको छ।

करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुनेछ। आयोजनाका मुख्य संरचनाहरू यी दुई स्थानीय तहमा रहनेछन्। निर्माण सुरु भएको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले आयोजना निर्माणको जिम्मेवारी लिएको छ। निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि जम्मा हुने पानीलाई खाँदबारी नगरपालिका–२ चेवाबेसीबाट करिब १७ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याइनेछ। यसले एउटै नदीको पानीलाई क्रमिक रूपमा उपयोग गरी थप विद्युत् उत्पादन गर्ने अवसर प्रदान गर्ने छ ।

आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा अघि बढाइनेछ। लगानी बोर्ड नेपाल र भारतीय कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ।

आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दाको जग्गा अधिग्रहण तथा पुनःस्थापनाको विषयलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ। आयोजनाबाट प्रभावित स्थानीयमध्ये हालसम्म करिब २५३ परिवारलाई ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ।

आयोजनाको निर्माण क्षेत्रमा पर्ने ६५६ जनाले जग्गाको मुआब्जा पाउनेछन्। यसका लागि कुल एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने योजना रहेको छ। प्रभावित क्षेत्रमा जग्गाको मूल्याङ्कन प्रतिरोपनी पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म गरिएको छ। आयोजनाबाट करिब २६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

तल्लो अरुण जलविद्युत् आयोजना निर्माणसँगै संखुवासभामा सडक, सञ्चार, यातायात, आवास तथा अन्य पूर्वाधार विस्तार हुने अपेक्षा गरिएको छ। निर्माण अवधिमा स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै व्यापार, व्यवसाय र सेवा क्षेत्रको गतिविधि बढ्ने सम्भावना छ।

विशेषगरी अरुण नदी करिडोरमा निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् आयोजनासँगै तल्लो अरुणको निर्माणले संखुवासभालाई ऊर्जा उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए । जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले आयोजना निर्माणले संखुवासभासहित समग्र कोशी प्रदेशको ऊर्जा विकास, पूर्वाधार विस्तार र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

दीपेन्द्र शाक्य कान्तिपुरका संखुवासभा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
4h ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#जलविद्युत् #शिलान्यास #तल्लो
Compare →
Nagarik News
5h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#जलविद्युत् #शिलान्यास #तल्लो
Compare →
Hamro Patro News
1d ago
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुहुने भएको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी)...

#जलविद्युत् #शिलान्यास #तल्लो
Compare →
Onlinekhabar
3d ago
नेपाल र भारतका प्रधानमन्त्रीले गरे ६६९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास

नेपाल र भारतका प्रधानमन्त्रीले गरे ६६९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास

७ मंसिर, काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र …

#जलविद्युत् #तल्लो #अरुण
Compare →
Arthasansar
4h ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#जलविद्युत् #तल्लो #अरुण
Compare →

Related Stories

World News
Build #2612