Trending
Prev Story
Next Story

बर्दियामा हुने दसाैं खेलकुदका दुई प्रतियोगिताको तयारी पूरा

Ekantipur •
November 23, 2026 • 09:33 AM
4
4 reads 0 reactions

गुलरियामा लन टेनिस मंगलबारदेखि सुरु हुनेछ भने ठाकुरबाबाको रानीपुरमा खोखो मंसिर १९ देखि सञ्चालन हुने छ।

बर्दियामा हुने दसाैं खेलकुदका दुई प्रतियोगिताको तयारी पूरा

गुलरियामा लन टेनिस मंगलबारदेखि सुरु हुनेछ भने ठाकुरबाबाको रानीपुरमा खोखो मंसिर १९ देखि सञ्चालन हुने छ।

बर्दिया — दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने दुईवटा खेलको तयारी पूरा भएको छ। लन टेनिस प्रतियोगिता मंगलबारदेखि गुलरिया नगरपालिका–४ स्थित खेलमैदानमा सुरु हुँदै छ। खोखो प्रतियोगिताका लागि पनि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएका छन्।

जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार शर्माका अनुसार मंगलबार बिहान ९ बजे गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले लन टेनिस प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगितामा बर्दियाबाट गुलरिया नगरपालिका–५ का मेघेन्द्र गिरी र सुमन चौधरी सहभागी हुनेछन्। प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ। सहभागी खेलाडीलाई गुलरियास्थित होटलमा बस्ने व्यवस्था मिलाइएको छ। खेलाडीलाई खेलमैदानसम्म आउजाउ गर्न अटो रिक्साको व्यवस्था गरिएको छ। दर्शकका लागि कोर्टबाहिर कुर्सी राखिनेछ।

लन टेनिसमा सातै प्रदेशका सात टिम, तीन विभागीय र एक एनआरएन टिम गरी ११ टिमका १ सय १० खेलाडी सहभागी हुनेछन्। प्रत्येक प्रदेशबाट पाँच महिला र पाँच पुरुष खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता मंसिर ८ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।

बर्दियामा अर्को खेल खोखो ठाकुरबाबा नगरपालिका–२ रानीपुरस्थित कभर्ड हलमा हुनेछ। कभर्ड हलमा बत्ती, शौचालय र रंगरोगनलगायतका काम पूरा भएको खोखो संघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश महासचिव खगेन्द्र शाहीले बताए। ‘कभर्ड हलमा म्याट पुरानो भएकाले खेल्न मिल्दैन,’ उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले नयाँ म्याटको व्यवस्था गर्छ होला। खोखो प्रतियोगिताका लागि अन्य सम्पूर्ण तयारी पूरा भइसकेको छ।’

मंसिर १९ देखि २३ गतेसम्म सञ्चालन हुने खोखो प्रतियोगितामा सातै प्रदेशका सात र तीन विभागीय गरी १० टिम सहभागी हुनेछन्। प्रशिक्षक र व्यवस्थापकसहित प्रत्येक टिममा १५ जना रहने शाहीले बताए।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
22h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउने मन्त्री पोखरेलको प्रतिबद्धता

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउने मन्त्री पोखरेलको प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन्।

#तयारी #खेलकुद
Compare →
Hamro Patro News
1d ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

काठमाण्डु – बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा अहिले चहलपहल बढेको छ । कर...

#तयारी #खेलकुद
Compare →
Onlinekhabar
2d ago
कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

६ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रूपमा हेरिएको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, …

#तयारी #खेलकुद
Compare →
Bizshala
3d ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#तयारी
Compare →

Related Stories

Sports
Build #2612