Trending
Prev Story
Next Story

बर्दियामा मंगलबारदेखि राष्ट्रिय लन टेनिस प्रतियोगिता

Ekantipur •
November 23, 2026 • 07:32 AM
4
4 reads 0 reactions

गुलरिया–४ स्थित कभर्डहलमा मंसिर ८ देखि १४ गतेसम्म सात प्रदेश, तीन विभागीय र एनआरएनएका ११० खेलाडी प्रतिस्पर्धा गर्नेछन्।

बर्दियामा मंगलबारदेखि राष्ट्रिय लन टेनिस प्रतियोगिता

गुलरिया–४ स्थित कभर्डहलमा मंसिर ८ देखि १४ गतेसम्म सात प्रदेश, तीन विभागीय र एनआरएनएका ११० खेलाडी प्रतिस्पर्धा गर्नेछन्।

बर्दिया — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियाको सदरमुकाम गुलरिया–४ स्थित कभर्डहल मैदानमा मंगलबारदेखि लन टेनिस प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटनका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मंसिर ८ देखि १४ गतेसम्म दुईवटा कोर्टमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन विभिन्न टोली गुलरिया आउने क्रम जारी छ । लन टेनिस प्रतियोगिताका लागि आयोजित पत्रकार सम्मेलनमा बर्दिया जिल्ला लन टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले सातै प्रदेश र तीन विभागीय टोलीसहित ११ टोली सहभागी हुने बताए ।

‘सातै प्रदेशका सात, तीन विभागीय र एनआरएनएको एक टोली सहभागी हुनेछन्,’ उनले भने, ‘प्रतियोगितामा कुल १ सय १० खेलाडी सहभागी हुनेछन् ।’ प्रत्येक टोलीमा म्यानेजर, प्रशिक्षक र व्यवस्थापकसमेत रहने उनले जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार प्रत्येक प्रदेशबाट पाँच महिला र पाँच पुरुष खेलाडी सहभागी हुने जानकारी आएको छ । तर केही प्रदेशमा महिला खेलाडी नभएको जानकारी प्राप्त भएको उनले बताए । प्रतियोगिताका लागि कोर्टको सरसफाइदेखि दर्शक बस्ने व्यवस्थापनसम्मका काम पूरा भएका छन् ।

कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लन टेनिस लुम्बिनी प्रदेशको बर्दियामा सञ्चालन हुन लागेको हो । कर्णाली प्रदेशमा लन टेनिस कोर्ट नभएकाले गुलरियामा प्रतियोगिता आयोजना गर्न लागिएको शर्माले बताए ।

दुईवटा कोर्टमा खेल सञ्चालन हुनेछ । २०८१ सालमा निर्माण भएको लन टेनिस कोर्ट गुलरिया नगरपालिकाको १५ लाख र अन्य संघसंस्थाको सहयोग गरी कुल २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । यहाँ बालबालिकालाई लन टेनिसको निःशुल्क प्रशिक्षणसमेत दिँदै आएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
बर्दियामा मिनिबस दुर्घटना :  दुई जनाको मृत्यु, १५ जना घाइते

बर्दियामा मिनिबस दुर्घटना :  दुई जनाको मृत्यु, १५ जना घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरियाबाट ...

#बर्दिया #गुलरिया
Compare →
Onlinekhabar
2d ago
अभिषेकको टेनिस यात्रा : ग्यारेजदेखि अस्ट्रेलियन ओपनको ढोकासम्म

अभिषेकको टेनिस यात्रा : ग्यारेजदेखि अस्ट्रेलियन ओपनको ढोकासम्म

अभिषेक बास्तोला बाल्यकालदेखि नै बुवासँग पोखराको टेनिस कोर्ट जान्थे । त्यही कोर्टमा उनले बललाई विपक्षीतर्फ फर्काउने सिप सिके, विपक्षीको रणनीति बुझ्दै लामो समयसम्म एकाग्र रहन र हरेक अंकका लागि गर्नुपर्ने संघर्ष बुझे। ८ वर्षकै उमेरमा सुरु …

#टेनिस
Compare →
Nagarik News
4d ago
बर्दियाका ग्रामीण क्षेत्रमा २८ करोड ५० लाखका सडक र पुल बन्ने

बर्दियाका ग्रामीण क्षेत्रमा २८ करोड ५० लाखका सडक र पुल बन्ने

वर्षौंदेखि सडक तथा पुलको अभावमा सास्ती भोग्दै आएका बर्दियाका ग्रामीण बस्तीमा पूर्वाधार निर्माणका योजना अघि बढाउने तयारी गरिएको छ।

#बर्दिया
Compare →

Related Stories

Sports
Build #2612