घर नजिकै आफ्नै केराबारीमा काम गर्ने क्रममा नीज बुद्धिराम थारुको दायाँ खुट्टाको बुढि औंलामा सर्पले आइतबार दिउँसो टोकेको थियो ।
बर्दिया — सर्पदंशबाट गुलरिया नगरपालिकाको १५ नम्बर गाउँका ६४ वर्षीय बुद्धिराम थारुको आइतबार मृत्यु भएको छ ।
घर नजिकै आफ्नै केराबारीमा काम गर्ने क्रममा थारुको दायाँ खुट्टाको बुढि औंलामा सर्पले आइतबार दिउँसो टोकेको थियो । सर्पले टोकेर घाईते भएका थारुको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज भेरी अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको गुलरिया नगरपालिका–१ का वडा सदस्य प्रेम यादवले बताए ।
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।